झापा जिल्लाको राजगढकि अम्बिका दर्जी काठमाडौमा दिदिसगैँ बस्दै आएकी थिइन । दिदिसगँ बस्ने क्रममामा दिदी बसेको घरबेटिका आफन्त रत्नमान श्रेष्ठसगँ उनको चिनजान भयो । रत्नमान अम्बिकक बसेको घरका घरबेटिका आफन्त भएको कारण उनी त्यहाँ प्राय आउने जाने गर्ने गर्दथे । त्यसरी आउने जाने क्रममा चिनजान भएका उनिहरु बिस्तारै एक अर्कासगँ प्रेम सम्बन्धमा रहन थाले । करिव ३ वर्ष अघि उनिहरुले प्रेम बिबाह गरि काठमाडौमै कोठा लिएर बस्न थालेको अम्बिकाले बताईन

रत्नमानको घर काठमाडौको माकबारी नै भएता पनि अन्तरजातीय बिबाह गरेकक कारण उनको परिवारसगँ बोलचाल भएन । त्यसैले उनिहरु फाल्टै बस्दै आएका थिए । बिबाह पछि मजदुरी काम गर्दै आएका रत्नमान र अम्बिकाको सम्बन्ध राम्रोसगैँ बित्यो । तर गत लकडाउन देखि भने आफुहरुको सम्बन्ध बिगरिएको अम्बिकाले बताएकी छिन । प्रेम बिबाह गरेर बसेका उनिहरु अहिले सम्बन्ध बिच्छेदको स्थितिमा पुगेका छन । अम्बिकाका अनुसार अहिले आफुलाई श्रीमानले छोडेर गएको बताउछिन ।

बिबाह गरेदेखी रत्नमानको परिवारसगँ कुनै बोलचाल तथा आउजाउ नै थिएन । तर गत लकडाउनबाट भने श्रीमान घर गएको अम्बिकाले बताईन । श्रीमान घर गएर आए पछि भने आफुहरुको सम्बन्ध बिगरिएको अम्बिकाले बताईन । श्रीमान घर गएर आए पछि आफुलाई दलित भएको भन्दै तलाईँ बिबाह गरेर म मेरो घरमा बस्न नपाएको भन्दै झगडा गर्ने, कुटपिट गर्ने गरेको अम्बिकाले बताईन । अहिलेसम्म एक पटक पनि आफुलाई घर नलगेको अम्बिकाको भनाई छ ।

उनिहरुको अहिले दुई वर्षका एक छोरा पनि छन । आफुहरु बसिरहेकै कोठामा आफुलाई छोडेर श्रीमान घर गएर बसेको र एक महिनादेखि आफुसगँ सम्पर्क पनि नभएको अम्बिकाले बताईन । श्रीमानले आफ्नो नम्बर फोन नलाग्ने बनाएको उनले बताईन । श्रीमान घर गएपछि सासुसगँ कुरा गरेर आफुलाई छोड्न खोजेको उनले बताईन । सासुले पनि आफुलाई फोन गरि विभिन्न अपशब्द बोल्दै गाली गरेको अम्बिकाको भनाई छ । साथै श्रीमानका दिदिहरुले पनि आफुलाई धम्की दिने गरेको बताईन ।

आफुले प्रहरीमा पनि उजुरी गरेको तर श्रीमानले अदालतमा डिभोर्सका लागि मुद्दा दर्ता गरे पछि प्रहरीले पनि अदालतमा मुद्दा परेकोले आफुले केही गर्न नसक्ने भन्दै फर्काएको अम्बिकाको भनाई छ । अहिले उनका श्रीमान रत्नमान भने आफू अब अम्बिकासगँ बस्न नसक्ने भएको भन्दै आफुले अदालतमा मुद्दा दायर गरिसकेकोले अदालतले जे निर्णय गर्छ आफू त्यही मान्न तयार भएको बताए । साथै उनले छोराको जन्मदर्ता पनि अहिले नबनाउने बताए । अम्बिकाको भनाई अनुसार उनिहरुको बिबाह दर्ता पनि नभएको जनाईन ।

भिडियो हेर्नुस :- https://youtu.be/ZK3QaFVf5AM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *