काठमाडौं, १२ मंसिर । बुधबार दिउँसो ३ बजे सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नं को बसमा यात्रा गरेका राप्ती गाउँपालिका–९ का प्रशान्त सुवेदी सिटमा बसेको केही समयमै नि’न्द्रामा पर्नुभयो ।

यात्रा गर्दा प्राय निदाउने सुवेदी नरपानीमा तब मात्र ब्युँझनुभयो जब उहाँ सवार बस सडकबाट खस्यो । गाडी एक भर्ल्याङ तल खसेपछि उहाँका आँखा खुले । झ्या’ल नजिक बसेका सुवेदी हत्तपत्त हामफाली बच्न सफल हुनुभयो । उहाँले हेर्दा हेर्दै बस सडकबाट सयौँ मिटर तल खस्यो ।

हामफाल्दा उहाँ भुइँमा बजारिनुभयो । ज्यान बचाउन सफल रहे पनि पूर्णरूपमा सकुशल रहन भने सक्नुभएन । उहाँको करङ र हात ‘फ्र्याक्चर’ भएको छ । चोटपटक पनि लागेको छ । अहिले काठमाडौँको बि’एण्डबी अस्पतालमा उपचार गराइरहेका सु’वेदीले आफूले ज्या’न बचाउन सफल भए पनि आफूसँगै यात्रा गरेका १९ जनाले ज्या’न गुमाउँदा निकै दुःख लागेको बताउनुभयो । “ठूलो दुर्घटनाबाट जोगिएर नयाँ जीवन पाएँ”, सुवेदीले भन्नुभयो, “घाइते भए पनि आफँहिँडेर सडकसम्म आएको थिएँ ।”

सुवेदीकी श्रीमती सुजताले श्रीमान्लाई जीवित देख्न पाएकामा निकै खुसी लागेको बताउनुभयो । “दुर्घटनाको खबर पाएपछि उहाँको मोबाइलमा फोन गर्दा ट्राफिकले फोन उठाए”, उहाँले भन्नुभयो, “निकै रोएँ, आत्तिएँ तर भेटेपछि मात्रै मन हल्का भयो ।

” प्रभु लाइभ इन्स्यो रेन्सका क्षेत्रीय प्र’बन्धक सुवेदी कार्यालयको कामले सन्धिखर्क पुगेर फर्कँर्दै हुनुहुन्थ्यो । दु’र्घटनामा घाइतेमध्ये उहाँको मात्र काठमाडौँमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *