मंसिर ९ पाँचथरमा भालुले आक्रमण गर्दा एक जना गम्भीर घाइते भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते हुनुभएको हो । फालेलुङ–३ ठेप्चे भन्ने ठाउँमा गोठमा एक्लै बस्दै आउनुभएका वृद्धलाई गोठबाट खर्कतिर गाईबस्तु लैजाने क्रममा भालुले आक्रमण गरेको थियो । वृद्धको अवस्था गम्भीर रहेको छ । राईलाई उपचारका लागि सदरमुकाम लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नु होस् – ट्रेडमार्क चोरी र इमेलको दुरुपयोग गरेको अभियोगमा एक जना व्यापारी पक्राउ परेको छ । ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक योगेन्द्र कार्कीलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पहिले हलेसी डेकोरकै सेयरधनी रहेका उनले २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नाममा व्यापार सुरु गरेका थिए । तर उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेल अनधिकृत रुपमा प्रयोग गरी फेसवुक र टिकटकमा प्रयोग गरेको उजुरी परेको प्रहरीले बताएको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार बुधबार पक्राउ परेका कार्कीलाई ट्रेडमार्क चोरी र साइबर अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट बिहीबार अनुमति लिइनेछ । हलेसी डेकोरका संस्थापक अध्यक्ष हेमराज कार्कीले योगेन्द्र कार्कीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४५, ४६ र ४७ को विपरीतको कार्य गरेको भनी जाहेरी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!