Thursday, December 1
Shadow

कोभिडको नयाँ भेरियन्टका कारण मंगलबार देखि नयाँ नियम लागु हुँदै

काठमाडौं, मंसिर १२ – कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ ।

स्वास्थ्यमन्त्रीले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि मंगलबारदेखि पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका थिए । बेलायतले १० नयाँ रेडलिस्टमा परेका देशहरूबाट आउनेलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेको छ । नयाँ भेरियन्ट देखा परेपछि सरकारले अफ्रिकाका केही देशबाट उडान रोक्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै कोभिड १९ को नयाँ भेरियन्ट (ओमीक्रोन स्ट्रेन) फैलिन थालेपछि गृह मन्त्रालयले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

अफ्रिकी मुलुकमा नयाँ भेरियन्ट (ओमीक्रोन स्ट्रेन) देखा परेको र उक्त स्ट्रेन अन्य देशमा पनि फैलिँदै गएपछि अर्को व्यवस्था नभएसम्मका लागि अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने आदेश अध्यागमन विभागलाई आइतबार दिइसेकेको पोखरेलले बताए। उनका अनुसार कूटनीतिक, सरकारी औपचारिक र आपतकालीन काम बाहेकक अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा तत्काललाई रोक लगाउने आदेश अध्यागमनलाई दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!