आफ्नो जीवन चलाउन थुप्रै संघर्ष गर्नु पर्ने हुन्छ । दुई छाक खान, लाउन र घाम पानीबाट ओत लाग्ने ठाउँ कै लागि कतिपयले थुप्रै संघर्ष गर्नु परेको छ हामिलाई । यस्तै संघर्ष गरिरहेको एक अपांग जोडि भक्तपुरको जगार्ती नजिकै भेटिए । उनिहरु श्रीमान श्रीमती नै अपांग छन र दुबै जना पठाओ चलाउदै आर्का रहेछन । जसरी पनि जिन्दगी चलाउनु नै छ । जसको लागि सहारा बनिदिएको छ पठाओ । उनिहरु दुबै जना पठाओको फुल टाइम राइडर रहेका छन ।

अपंगता भए पनि उनिहरु सपाङ्ग जस्तै पठाओमा यात्रो बोक्ने गर्दछन । उनिहरुको जिवनको भोगाईको कथा रातो पर्दा टिभी ले मिडियामा ल्याएको छ । श्रीमानको सानै देखि पक्षघातका कारण दुबै खुट्टा चल्दैनन । श्रीमतिको पनि एउटा खुट्टा चल्दैन । श्रीमतिको तुलनामा श्रीमान अझ बढी अपांग छन । तर उनिहरु बिहान देखि बेलुकसम्म मेहनत गर्छन । यात्रु ओसारपसार गरेर राम्रो कमाइरहेका छन उनीहरुले । अपांग भएर पनि मागेर खानु परेको छैन उनिहरुले । बरु सपाङ्गहरुको सहारा बनेका छन उनिहरु अहिले ।

सपाङ्ग भएर पनि केही काम नगरेकाहरुका लागि उनिहरु अपांग भएर पनि काम गरेर देखाईदिएका छन । गरे के हुदैन र ? भन्ने संदेश उनिहरुबाट सिकन सकिन्छ । आत्माबल र काम गर्ने इच्छाशक्ति भए गर्न नसकिने केही छैन भन्ने उदाहरण उनिहरुबाट राम्रोसँग बुझ्न सकिन्छ । श्रीमान श्रीमती दुबैले दुई वटा चारपाग्रे स्कुटर किनेका छन उनिहरुले । श्रीमान बिहानै देखि पठाओमा यात्रुका लागि जान्छन भने श्रीमती घरमा भान्सा सकेर खाना खाएर जान्छिन । बेलुका सगैं, फर्किन्छन उनिहरु ।

दुबै जनाले मासिक १ लाख देखि १ लाख ५० हजार सम्म कमाई हुने गरेको उनिहरु बताउँछन । उनिहरुले प्रेम बिबाह गरेको बताए । ४ वर्ष अघि प्रेम बिबाह गरेका उनिहरु श्रीमानले पठाओ चलाएर राम्रै आम्दानी भए पछि आफू पनि यसैमा लागेको श्रीमतिले बताईन । आफू बिहान १० बजे बाट बेलुका ६/७ बजे सम्म काम गर्ने उनी बताउँछिन । तर आफुहरुलाइ काम गर्न भने सजिलो नभएको श्रीमती बताउँछिन । शारीरिक अपांगता देखेर कतिपय यात्रु आफ्नो सवारिमा नचढ्ने गरेको बताईन ।

पहिले लिन बोलाउँछन आफू गए पछि अपांग भन्ने थाहा पाएर होला आफ्नो आकस्मिक काम परेकोले बाहिर जान नपाउने भएको भन्ने बहाना बनाएर फर्काईदिने गरेको उनले बताईन । कतिपयले भने आधा बाटोमा पुगेर यस्तो चार पाङ्ग्रेमा धेरै हल्लिने रहेछ भन्दै बिचमा नै झर्ने गरेको उनी बताउँछिन । त्यसरी जादाँ कसै कसैले पैसा दिए पनि प्राय जसोले गन्तव्यमा नपुर्याएको भन्दै पैसा नदिइ हिड्ने गरेको उनले बताईन । सबैले सबैलाई समान ब्याबहार गर्नुको सट्टा आफुहरु अपांग भएर पनि आफै केही गरेर खाउँ भन्दा पनि हेला गर्ने, हेपिएको जस्तो महसुस हुने उनि बताउँछिन ।

भिडियो हेर्नुस :- https://youtu.be/Jy1R-HphfUQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!