दोहोरी गित संगीतका पछिल्लो समयमा सबैको मनमा बस्न-सफल गायक अनि गायिका मध्ये यी हुन्, रबिन लामिछाने, अस्मिता डल्लाकोटि, डिला बिक जसको हरेक लाइभ दोहोरी संगै आयका अफिसीयल गीतहरुलाई धेरैले माया गर्दै आयको देख्न सकिन्छ। रबिन लामिछाने लामो समय देखी गित संगीतको पाटोलाई कर्म-बनायर निरन्तर लागिपर्दा पछिल्लो समय सबैको माया पायका छन् भने उनका लाइभ दोहोरीका सब्दहरुबाट समेत निकैनै दर्शकहरुको मनमा बस्न सफल भयका छन्। उनको गित संगै लाइभ दोहोरीको पर्खाइमा नबस्ने दर्शकहरु पनि सायदै भेटिदैन होला। उनको लाइभ दोहोरीको संगै गीतको बारेमा पछिल्लो समय धेरैले बयानगर्न पनि गाह्रैपर्ला। कहिले मिलनका त कहिले बिछोडका सब्दहरु संगै कहिले सन्देशमुलक गितहरु गाउदै उनको सांगीतिक यात्रामा दर्शकको साथ समेत उतिनै देख्न सकिन्छ।

त्यस्तै अस्मिता डल्लाकोटि, अस्मिताको गित संगीतको यात्रा दोहोरी बाटै सुरुवात भयपनी उनलाई दोहोरी क्षत्रको अहिले सम्मकै ठुलो रियालिटी सो दोहोरी च्याम्पियनबाट अझै उनले धेरै दर्शकको माया अनि साथ पाउन सफल भयाकी थीइन। उनले दोहोरी च्याम्पियनमै गायका सब्दले जर्जदेखी आयका अथिति कलाकारलाई समेत रुहाउन सक्ने-खुबी उनको दोहोरीको सब्दहरुमा देख्न सकिन्छ। यो संगै उनको गित संगीतमा चर्चा-अनि परिचर्चाहरु निकैनै बढेर गयको तपाइँ हामि समेत देख्न सक्छौं। यसै गरेर अर्की दोहोरी गायिका डिला बिकको पनि जिबन संगै गित संगीतको संघर्षको कुराहरु समेत तपाइँ धेरैलाई थाहा नै छ। जसको गित संगीतप्रति माया र लगाबले गर्दा संगीत प्रेमीहरुको मन-मनमा बस्न सफल भयाकी गायिका हुन् डिला बिक। र उनले पनि दोहोरी च्याम्पियनमा भाग लिन पुगेकी थीइन, जहा पनि उनले धेरैको मन-जितेर बाहिरीयकी कलाकार हुन। त्यसैले पनि उनको उस्तै चर्चाहरु सांगीतिक बजारमा देख्न सकिन्छ।

गित संगीतको बजारमा लामो समय देखी प्रदेशमा रहेपनि गित संगीतको कर्मलाई लामो समय देखी नियाल्दै अनि अंगाल्दै आयका चर्चित गीतकार तथा संगीतकार भनेर हामीले भन्न रुचाउने अर्का सर्जक शिब सुबेदी हुन्। जसका गीतहरुको कुरा गर्नेहो भने बिगत देखी अहिले सम्म बजारमा आयका गितहरु लाइ हामीले बयान समेत गर्न सकिदैन। बजारमा आयका अनि उनले तयार पारेका गीतहरुलेअहिले सम्म सफलता नपायको सायदै कमै देख्न सकिन्छ होला। लामो समय देखी जहा भयपनी गित संगीतलाई यतिधेरै माया गर्ने सर्जक तथा श्रष्ठालाइ हामि सबै संगीतप्रेमीहरुले माया पक्कै गर्दै आयका छौं। जसले गर्दा हामीलाई दुखमा पनि सुखमा पनि एकान्तमा एक्लै मन भुलाउनको निम्ति उनीहरुकै गित गुनगुनाउदै आफु भुल्ने गरेको पाइन्छ।

माथि जतिपनि कलाकारहरुको बयान गरेउ सबैको बयान गर्नेहो भने सायदै एउटा राम्रो पुस्तक बन्न सक्छ। अब लागौ यी माथिका कलाकारहरु जोडियर तयार पारीयको अनि भर्खर बजारमा आयको गित “हुन्न भनि भनि” तर्फ़ उक्त गीतको सब्द तथा लय शिब सुबेदी ले नै तयार पार्नु भयको छ भने जुन गीतमा स्वर अस्मिता डल्लाकोटि, रबिन लामिछाने र डिला बिकको रहेको छ जुन गीतको भिडियो समेत शिब सुबेदीको युट्युब बाट भर्खर मात्र सार्बजनिक गरीयको छ। उक्त गीतको भिडियो निर्देशन मौशम हिमाली ले गर्नु भयको छ भने जुन भिडियोलाई छायाकन करन चैसीरले गर्नु भयको थियो त्यस्तै अभिनयमा करिश्मा ढकाल र खबपू मगर रहेका छन्। र उक्त भिडियोलाई सम्पादन मनोज कार्कीले गर्नु भयको छ। जुन गीतको भिडियोको कथा बस्तु समेत शिब सुबेदीले तयार पार्नु भयको थियो उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस। https://youtu.be/Sj4x08SfA_U

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!