१३ मंसिर, काठमाडौं । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका – १ बेग जाँदै गरेको बोलेरो जिप बेगस्थित औलमा दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ। ग १ ज ७२५१ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा सवार ८ जनामध्ये चालक र महिला वडासदस्यसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। (तस्विर तल छ)

जीप दुर्घटनामा परेर मृत्यु हुने र घाइते हुनेहरु चालकसहित सबै आठजना रघुगंगा गाउँपालिका–१, बेगखोलाका रहेका छन् । उनीहरुमध्ये बेगखोलाका ३० वर्षीया वडासदस्य गौमाया विक, ४० वर्षीय जीप चालक दुतबहादुर थापा, २५ वर्षीय खिम पुन र ५८ वर्षीय खिमनाथ शर्माको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले जानकारी दिनुभयो ।

 

घाइते हुनेहरुमा बेगखोलाका २० वर्षीय भीम फगामी, ४५ वर्षीय बेलबहादुर विक, २३ वर्षीय मनोज पुन र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा रहेको प्रहरी नायव उपरीक्षक राईले बताउनुभयो । घाइतेहरुको टाउको, निधार, मेरुदण्ड, खुट्टा, कान र शरिरको विभिन्न भागमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

घाइते भएकाहरुको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि तीन जनालाई पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । तीमध्ये ज्ञानबहादुर शेरपुञ्जाको बेनी अस्पतालमै उपचार भैरहेको छ ।

उकालो बाटोमा बेगखोला गाउँतर्फ जाँदै गरेको जीप अन्दाजी सडकबाट ३ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो । जीपका चालकको समेत ज्यान गएको हुँदा दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!