मानिसको सिंग हुँदैन, यो सबैलाई थाहा भएको विषय हो । यो प्राकृतिक कुरा पनि हो । सिंग केही जिवजन्तुहरुको मात्र हुन्छ । सिंगले जनावरलाई बाहिरी आ क्रम णको प्रतिका र गर्न मद्दत गर्दछ ।

तर के तपाईले कुनै मानिसको सिंग देख्नुभएको छ ? पक्कै छैन होला । किनकी मानिसको सिंग हुँदैन । साना नानीहरु तथा केही जात्रा, मेला वा सांस्कृतिक कार्यक्रममा युवाले बत्ति बलेको प्लाष्टिकको कृत्रिम सिंग लगाउने गर्दछन् ।

मानिसको सिंग नहुनु कुनै नौलो कुरा होइन, तर कोही मानिसको सिंग छ भन्यो भने तपाई पत्याउनु हुन्छ ? पक्कै पत्याउनु हुन्न । भारतको मध्य प्रदेशको सागर जिल्लामा रहेको रहली गाँउमा बस्ने ७४ वर्षीय श्यामलाल यादवको टाउको सिंग पलाएको थियो ।

कुनै जनावरको सिंग झै बलियो र कडा श्यामलालको सिंग चार इञ्च भन्दा ठूलो थियो । श्यामलालका अनुसार ५ बर्ष पहिले टाउकोमा चोट लागेसंगै पलाउन शुरु गरेको सिंग विस्तारै ठूलो हुँदै गएको थियो ।

टाउको सिंग पलाएसँगै श्यामलाल शुरुवातमा निकै डरा एका थिए । उनले पलाएको सिंग का ट्ने निकै प्रयास गरे तर काट्दा पनि केही समयमा सिंग पलाएर आइहाल्थ्यो ।

सिंग काट्दा पनि नजाने तथा बढ्दै गएपछि श्यामलालले केही वर्ष निकै क ष्टपू र्ण जीवन भोग्नुपर्यो । उनी सिंग पलाउने सम स्या लिएर चिकित्सककोमा समेत पुगे ।

तर उनको टाउको सिंग देख्ने बित्तिकै धेरै चिकित्सक ड राए र उप चार गर्न नसक्ने बताए । केही चिकित्सकले भने सिंग हटाउन निकै महंगो शुल्क लाग्ने बताए ।

श्यामलालसँग पर्याप्त रकम नभएका कारणले उनले सिंग पलाउने स मस्या सहनुपर्यो । तर श्यामलालको स म स्या थाहा पाएपछि सागर शहरको भाग्योदय नामक अस्पतालका चिकित्सकले उनको सिंग अप्रेसनको माध्यमबाट हटाउन सकिने बताए ।

केही दिन अघि सोही अस्पतालका चिकित्सकको टोलीले उनको सिंगको अ प्रेस न गरी त्यसलाई जरैबाट हटाइदिए । अप्रे सनमा सं लग्न चिकित्सकका अनुसार श्यामलालको समस्या दुर्लभ प्रकारको सेबेसियस हर्न नामक बिरामिले गर्दा भएको हो ।

मानिसको टाउकोमा सेबेसियस ग्ल्याडबाट निस्कने तथा ठुलो हुने गर्दछ । श्यामलालको टाउकोमा लागेको चो टका कारणले उनको सो ग्ल्याड बन्द भई निस्कनु पर्ने द्रब्य निस्किन पाएन,

र सोहि द्रब्य जम्मा भई सिंगको रुप धारण गरेको चिकित्सकले बताएका छन् । अ प्रेसन पछि श्यामलाल यादब बिना सिंगको जीवनयापन गरीरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!