September 28, 2022

एउटा सानो टिनले बेरेको छाप्रोमा दुई आमाछोरी एलिसा कोइराला र सञ्चिता बस्छन् । तर दुबै जना एच.आई.भी संक्रमित छन । काखमा यी सानी नानी आर्थिक अवस्था पनि निकै कमजोर ,मात्र १६महिनाकी यी सानी नानीलाई के थाहा आफुलाई जन्मजात एच.आई.भी संक्रमित छु भनेर । त्यसैले आफ्नी आमाको काखमा उनी रमाइ रहेकी छन्। यी सानी नानीको नाम सञ्चिता तर जन्मदै एच.आई.भी संक्रमित उनकी आमा बेलाबेला आफुलाई निकै गाह्रो हुने बताउँछिन् । उनी भन्छीन् म अब धेरै बाँच्दिन होला।

सञ्चिताको आमाले पहिलो श्रीमान बितेपछी दोस्रो बिहे गरेकी हुन दोस्रो बिहे गरे पछी एउटी छोरीको जन्म हुन्छ तर बिडम्बना दोस्रो श्रीमानले पनि छोरी जन्मेको ३ महिनामै छोडेर हिडे। छोरी जन्मेको १ महिनामा नै छोरीलाई ज्वरो आउन थाल्यो, त्यसपछि चेक गर्दा सञ्चितालाई अस्पतालमा एच.आई.भी संक्रमित रहेको पत्ता लाग्यो । आर्थिक अवस्था निकै कम्जोर श्रीमानले पनि छोडेर गए पछी बिहान बेलुकाको छाक टार्न नजिकको बङ्गुर फाममा काम गर्छीन् उनी ।

बिहान बेलुका छाक टार्नलाई भनेर यो परीवारले निकै संघर्ष गरिरहेको छ भने कहाँबाट उपचार खर्चको व्यवस्था गर्ने ? यसै बिषयमा अरुन पोष्ट टीभीका पत्रकार प्रकाश लिङ्गदेनले तयार पारिएको अन्तरवार्ता तल प्रसारण गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।बाँकी तलको भिडियो हेर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!