September 28, 2022

सुमित्रादेवि आमा जो उमेरको हिसाबमा अठत्तर बर्षकि हुनुभयो । एउटै घरमा छोराछोरिकै साथमा भएर पनि आमा एक्लि हुनुहुन्छ । आमालाई सुख के हो खुसि केहो भन्नेसम्म पनि केही थाहाछैन ,दुखनै दुखले घेरेपछि त्यहि गरिबिमा पि ल्सिएपछि सुख भन्दापनि बाच्न ठूलो कुरो हुदोरहेछ ।

आमाका तीन सन्तान ,दुई छोरा एक छोरी । एउटा छोरो सुस्तमनस्ति बिरामि र अर्को छोरोले भने दिनरात र क्सि पिएर आफुलाई पिट्ने गरेको आमा बताउनुहुन्छ । छोराछोरी बुढेसकालको सहारा भनिएपनि कसैका लागि भने अ भिसाप जो हुदा रहेछन् ।

आफ्नो श्रीमानले झुपडीको टिन लगाएर एक्काइस बर्ष अगाडि यो संसारलाई सधै छाडेर भगवानको प्यारो हुनुभयो तर अहिले त्यो टिनबाट पानी चुहिन्छ अनि पानि भाडोमा थापेर जसोतसो बस्ने गरेको आमा बताउनुहुन्छ ।

छोराहरुले आफुलाई कु टे पनि सहेर नै बस्नुपरेको र एउटै घरमा अलगअलग भान्सा भएसगै हुदा त केही चुलोमा पाक्छ तर नहुदा कति रातहरु भोकभोकै बस्ने गरेको आमा बताउनुहुन्छ । ती अधिकांस भोका रातहरु आमाले का ट्ने गरेको उहाँ बताउनुहुन्छ ।

हेर्नुस् भिडियो सामाग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!