September 28, 2022

तनहुँ : तनहुँमा गो’ ‘ली ला’गेर एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका-१ थप्रकेका १७ वर्षीया रोहित मल्लको आइतबार मृत्यु भएको हो ।

शि’कार खेल्न जंगल गएका उनको भरुवा ब’न्दु’क प’ड्के’र मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता डिएसपि युवराज खड्काले बताए । शिकार खेल्नसँगै गएका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई ब’न्दुक’स’हित नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

‘दुई जना मिलेर रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा शि’कार खेल्न गएका रहेछन् । रोहित आफैँले बोकेको ब’न्दु’क प’ड्कि’एको भनेर सुनबहादुरले प्रारम्भिक अनुसन्धानमा बयान दिएको छन्,’ खड्काले भने । नियन्त्रणमा लिइएको भरुवा ब’न्दु’कको लाइसेन्स नरहेको जनाइएको छ ।

दुई जना मात्र शि’का’र खेल्न गएकाले घटना रहस्यमय हुन सक्ने स्थानीयको अनुमान छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!