September 28, 2022

काठमाडौं -: धर्म परिवर्तन गराएको अभियोगमा पास्चर केशवराज आचार्यलाई दुई वर्ष कैद सजाय सुनाइएको छ ।’ मंगलबार (आज) डोल्पा जिल्ला अदालतका न्यायाधीश केशवराज चपाईको एकल इजलासले पाश्चर आचार्यलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सजाय फैसला गरेको हो ।

अदालतले डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–२ की एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै सो सजाय सुनाएको हो ।’ गत वर्षको चैत ११ गते पोखराबाट पाश्चर आचार्य पक्राउ परेका थिए ‘।

आफ्नो चर्चमा भेला गरी अफवाह फैलाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।’ पाश्चर आचायले यशुले कोरोना संक्रमण निको पारिदिने भन्दै अफवाह फैलाएका थिए ।’ उक्त भिडियो सोसल मिडियामा तीब्र रुपमा भाइरलसमेत भएको थियो ।

नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा पाँच लाख बढी जनसहभागिता रहेको बताएका छन् ‘। अध्यक्ष ओलीले मंगलबार पार्टीको १०औं महाधिवेशन अन्तर्गत मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा बोल्दै महाधिवेशनमा पाँच लाख बढी जनसहभागिता रहेको दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘महाधिवेशनमा पाँच लाखको सहभागिता हुने भनेका थियौं ।’ ५ लाख भन्दा बढी नै संख्या पुग्ने गरी, बाटाहरुले नथाम्ने, गाली ठाउँले नथाप्ने र यातायातले नछान्नेगरी जनसहभागिता भयो ।

त्यस्तै अध्यक्ष ओलीले अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई विशेष निर्देशन दिँदै अब पार्टीमा अनुशासन उल्लंघन सैह्य नहुने बताए’।उनले भनेका छन्, ‘पार्टीभित्र अनुशासनको स्थिति के छ ?

’ अनुशासन उल्लंघन भएमा तिनलाई हटाउन के कस्ता उपाय अपनाउने, अनुशासन उल्लंघन हुन लाग्दा पनि सचेत गराउने काम दृढताका साथ गर्नुपर्छ’ ।

त्यस्तै उनले अनुशासन बिनाको पार्टी बजार मात्र हुने दाबी गरे ।’ उनले अब तीन महिनासम्म एकीकरणको अभियान सञ्चालन गर्ने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!