यस्तै,,कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने भएका छन्। यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो। कोरोना महा’मारी बढेको र बोर्डमा भिडभा’ड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ। बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।

यस्तै,,बैतडीमा सोमबार साँझ जीप दु’र्घटनामा परी मृ’त्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घ’टनामा ग’म्भीर घा’इते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृ’तकको सङ्ख्या पाँच पुगेको हो । जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नंको जीप पाटन नगरपालिका–१ सकार थलीमा दु’र्घटनामा परेको हो । जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ ।

चालक पाटन–५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् । दु’र्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको छ । कच्ची, चिप्लो र भिरालो बाटोका कारण दु’र्घटना भएको हुनसक्ने प्र’हरीले जनाएको छ । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय पाटनका प्रमुख प्र’हरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । यसअघि दु’र्घटनामा परी ४ जनाको घ’टनास्थलमै मृ’त्यु भएको थियो ।

पाटन नगरपालिका–१ सकारकै १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको घ’टनास्थलमै मृ’त्यु भएको हो । यसैबीच दु’र्घटना परी अन्य पाँच जना घा’इते रहेका छन् । घा’इते पाटन नगरपालिका–१ सकारकै दीपक भट्टराई, विष्णु भट्टराई र गोविन्द विकको पाटन प्राथमिक उपचार केन्द्रमै उपचार भइरहेको छ । घा’इतेमध्ये पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई र मानध्वज भट्टराईको अवस्था ग’म्भीर रहेको छ । यी दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!