September 28, 2022

करिव ४ वर्ष अघि टिपर दु’र्घ’टनामा परे पछि यानमको दुबै खुट्टाले राम्रो काम गर्दैन । हुनत उनी सामान्य हिँडडुल त गर्न सक्छ्न तर केही क्षण मात्र । त्यही बेला उनका बुबाले अर्कै श्रीमती लिएर हिँडे पछि अहिले यामनकि आमालाई आफ्ना छोराछोरी पाल्न निकै समस्या भएको छ । यानम दु’र्घट’नामा परे पछि उनको उपचारका लागि लागेको ऋणले अर्को समस्या थपिएको छ यानमकी आमालाई । मीठो स्वर भएका यानमको कला अब उनको दु’र्घ’ट’नासगैँ हराउने हो कि भन्ने उनलाई चिन्ता छ ।

दु’र्घ’टनामा परेर ढा’ड भाँ’चिए पछि उनको अहिले ढाडमा र’ड हालिएको छ । उनी अहिले राम्रोसगँ हिँंडडुल गर्न सक्दैनन । थोरै हिड्न पनि उनलाई लौरी या बैसाखीको आवश्यकता पर्छ । दुई वर्ष भन्दा धेरै ओछ्यानमै बिताएका यामन अहिले भने बाहिर नजिकै हिँड्न सक्ने भएका छन । सानै देखि गायक बन्ने सपना बोकेका यामनको लागि बुबाले अर्कि बिबाह गरेर हिड्नु, दु’र्घ’टनामा आफू थ’ला पर्नु नै सपना पूरा गर्नका लागि बाधक बनेका छन अहिले । तर पनि उनले हिम्मत भने हारेका छैनन ।

गायक बन्ने सपना बोकेका यानमको दु’र्घ’टनामा ढाड भाँ’चि’यो । तर गायक बन्ने सपनाको लागि ढाड है स्वर चाहिन्छ भन्ने बुझेका यानमले गीत गाउन छाडेनन । कुनै दिन आफ्नो सपना पूरा होला भन्ने आशा राखेर उनी निरन्तर गीत गुनगुनाउदै आफ्नो स्वरलाई निखार्दै आएका छन । आफुलाइ अझै पनि एक दिन आफ्नो सपना पूरा गर्छु भन्ने विश्वास रहेको यामन बताउँछन । आफ्नो सपना कृष्ण कडेलको कार्यक्रम इन्द्रेणी सम्म जाने पनि भएको यानमले बताएका छन ।

इन्देणीमा गएर दोहिरी गाउने आफ्नो रहर भएको उनले पत्रकार भोजराज श्रेष्ठसगं बताए । आफू कतै जान नसक्ने भएकोले पनि इच्चाहरु त्यसै रहेको उनले बताए । आफुले मिडिया मार्फत धेरैले आफ्नो कलालाई चिनाएको देखेर पनि आफू स्वयम् मिडियामा जान नसकेकोले पत्रकार भोजराजलाई बोलाएको उनले बताए । यानमले बोलाए पछि भोजराज उनलाई भेट्न उनकै घर गएका थिए । त्यहाँ उनले आफुलाई इन्द्रेणी कार्यक्रममा गएर कल्पना दाहाल सगँ दोहिरी गाउन मन लागेको बताए ।

भोजराजले यानमको उक्त चाहना पूरा गरिदिने बाचा पनि गरेक छन । यानमका अनुसार दु’र्घ’टना हुनु भन्दा अगाडी आफ्नो प्रेमिका पनि रहेको बताए । तर आफू यस्तो अवस्था भए पछि उनले पनि छोडेर गएको उनी बताउँछन । माया पनि सबैकुरा ठिक हुदाँ मात्र हुने रहेछ भन्ने आफुलाई लाग्ने गरेको उनी बताउँछन । अहिले घरमा आमा र बहिनिको साथमा उनी बस्दै आएका छन । सबै घरब्याबहर अहिले आमाले नै दुख सुख गरि चलाउँदै आउनुभएको यानमले बताए ।

भिडियो हेर्नुस :- https://youtu.be/QWBhtcS94rc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!