हवल्दार सतपाल राई जो CDS जनरल बिपीनको अंगरक्षक थिए उनको पनि त्यस हादसा मु’त्यू भएको जानकारी रहेको छ। उनी दार्जिलिङ जिल्ला अन्तर्गत तक्दाह माने डाँडा निवासी रहेको जानकारी प्राप्त भएको छ । हार्दिक श्रद्धाञ्जली। भारतका चिफ अफ डिफेन्स स्टाफ विपीन रावतसहित १३ जनाको बुधबार हेलिकोप्टर दु’र्घटनामा निधन भयो । तमिलनाडूस्थित वेलिङ्टनतर्फ जाँदै गरेको उक्त हेलिकोप्टरमा अवतरण हुन १० मिनेटअघि दु’र्घटनामा परेको थियो ।

विविध विशेषतायुक्त हेलिकोप्टरको दु’र्घटना भएपछि भारतीय वायु सेनाले छानबिन समिति गठन गरेको छ । रावत सवार रहेको ‘एमआई-१७ भी५’ हेलिकोप्टर आधुनिक किसिमको हो । संसारमा अहिले सञ्चालनमा रहेको आधुनिक तथा धेरै विशेषतायुक्त रहेका हेलिकोप्टरभित्र यो पनि पर्छ । एमआई-१७-भी५ मोडलको अर्को विशेषता भनेको यसको धेरै भारबहन क्षमता हो । यसले १३ हजार किलोको समान बोक्न सक्छ ।

डबल इन्जिनयुक्त यो हेलिकोप्टर ६ हजार मिटरसम्मको उचाइमा उड्न सक्छ । रुसको कजानको कम्पनीले निर्माण गरेको यो हेलिकोप्टर अन्य कार्गो हेलिकोप्टरको भन्दा धेरै सुरक्षित मानिन्छ । भारतीय वायु सेनाले सन् २०१२ देखि प्रयोग गर्दै आएको छ । यो मोडलको हेलिकोप्टरको पहिलो मोडल सन् १९७५ मा पहिलो उडान भरेको थियो । सन् १९७७ देखि यसको व्यवसायिक उत्पादनसँगै बिक्री सुरु भएको हो । सन् २००७ मा यसको संख्या १२ हजार थियो ।

एमआईएल-एमआई-८ मोडललाई अझ विशिष्टिकृत गरेर यो मोडल तयार गरिएको हो । भारतले सन् २००८ मा रुसबाट यस प्रकारको ८० वटा हेलिकोप्टर खरिद गरेको थियो । सन् २०११ मा पहिलो हेलिकोप्टर प्राप्त गरेको र अन्तिम सन् २०१८ मा भारत आइपुगेको थियो ।यो मोडलको हेलिकोप्टरमा वेदर राडार र पछिल्लो पुस्ताको हाइभिजन उपकरणहरु प्रयोग गरिएको छ । यसमा पीकेभी एट अटोपाइलट र केएनइआई एट सुइट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!