September 28, 2022

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका ७ मा सासुको ह’त्या ग’रे’को आरोपमा एक जना बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।मटिहानी नगरपालिका ७ बस्ने तेतरीदेवी खत्वे आफ्नै सासुको ह’त्या ग’रे’को आरोपमा पक्राउ परेका हुन् ।

घरायसी विवादमा आफ्नै सासु ६० वर्षिया जगतारणदेवी खत्वेलाई कु’ट’पि’ट ग’री ह’त्या ग’रे’को आरोपमा तेतरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।

राति सासु र बुहारीमा घरायसी वि’वा’दपछि झ’ग’डा भएको र घटना भएपछि बिहान सासुको मृत्यु भएको प्रहरीले जनाएको छ ।बुहारी तेतरीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिनुहुँदै थप कुरा पो’ष्टमा’र्टम रिपोर्टपछि मात्रै खुल्ने आचार्यले बताउनुभयो । वि’वा’दको कारण भने खुल्न नसकेको प्रहरी उपरिक्षक आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले घटना वारे विहिवार बिहान ३ः३० बजे खबर आएकोमा सोहि बेला प्रहरी पुगि बुहारीलाई नियन्त्रणमा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!