सिन्धुपाल्चाेक : सिन्धुपाल्चोकको ब’लेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दु’र्घटना हुँदा बस चालककाे मृत्यु भएको छ । जन्ती बाे’केकाे बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक ब’लेफी-६ बदर्पाका राजु तामाङको घ’टनास्थ’लमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा आठ जना ग’म्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारको लागि सिन्धु स’दाव’हार अस्पताल खा’डिचौर र धुलिखेल अस्पताल लगिएकाे छ ।

बसमा ३० जना स’वार रहेको अनुमान गरिएको छ । घाइतको स’नाख’त हुन बाँकी छ । ब’लेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहकाे जन्ती लिएर काभ्रेकाे भुम्लु जान लागेकाे बस राति ९ बजे दुर्घटनामा परेकाे हाे ।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठ’क्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

बा४४प ९८३६ नंको पल्सर मोटरसाइकल र बा६३प ४८३४ नंको स्कुटर एकापसमा ठो’क्कि’एर मोटरसाइकललाई ना६ख ७४९ नंको ट्रकले ठ’क्क’र दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुकबहादुर चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजमार्गमा दुर्घटना भएपछि एक घण्टा यातायात अ’वरु’द्ध भएको थियो । सवारी साधन ह’टाएपछि यातायात साधन सुचारु भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!