टिकटकमा निकै नै भाइरल डान्सर कोमलले विवाह गरेकी छैन । एक हात नभएकी कोमल टिकटक तथा सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी थिइन । आयानसगँ बिबाह गरेको कोमलले केही समय अगाडि आफू प्रेममा रहेको बताएकी थिइन ।

आफुहरु केही महिना प्रेम सम्बन्धमा रहेर बिबाह गरेको उनले बताएकी छिन । अन्तर्जातिय बिबाह गरेकी कोमलले आफू अहिले धेरै खुशी भएको र दुबैको परिवारले अहिले स्वीकार गरेको पनि बताईन ।प्रेम सम्बन्धको बारेमा भने आफुहरु फेसबुक मार्फत चिनजान र कुराकानी हुँदै प्रेम सम्बन्धमा रहेको आयानले बताए ।

आफुले कोमलसगँ प्रेम सम्बन्धको सुरुवात गर्दा केही झोटो बहाना पनि गरेको रमाइलो कहानी सुनाए । सांगीतिक क्षेत्रमा निकै चर्चामा रहेकी कोमललाई आफुले आफ्नो झुटो जन्मदिन मनाएर बोलाएको पनि बताए । फेसबुकमा सामान्य कुराकानी भएता पनि त्यही झुटो जन्मदिन कोमलसगैँ मनाए पछिबाट भने आफुहरु नजिक भएको आयन बताउँछन ।

अशोजको अन्तिम दिन राती १० बजे तिर सामान्य रुपमा आफुहरुको बिबाह भएको कोमलले बताईन । फेसबुकमा कुराकानी गर्दा एउटै ठाउँको भएकोले पनि आफुहरुको प्रेम सम्बन्ध पछी बिबाह छिटो भएको कोमल बताउँछिन । मागी बिबाह भन्दा पनि एक अर्कालाई बुझेर बिबाह गर्ने आफ्नो सोच भएकोले पनि आयानसगँ आफ्नो बिबाह भएको उनले बताईन ।

श्रीमान श्रीमतिको सम्बन्धमा एक अर्का बिच बिश्वास र माया भए कसैले छुटाउन नसक्ने बताए । आफुहरुले एक अर्कालाई राम्रोसगँ बुझेको र एक अर्काको बिचारलाई सम्मान पनि गर्ने भएकोले नै यसरी मन मिल्न सकेको यो सधै रहिरहने बताए । घर परिवारमा सुरुमा केही समस्या भएको भएता पनि अहिले सबै बुझे पछि उहाहरुले पनि आफुहरुलाई स्विकार गरि माया गरेको बताए । (भिडियो हेर्नुस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!