पर्वत जिलामा रहेको मोदि खोला हाइड्रोपावरमा काम गर्ने कामदार काम गर्ने क्रममा बे’पता भएका थिए । बिहान करिव ९ बजे घटना भएता पनि उनको खोजी कार्य बेलुका मात्र सुरु गरेको भन्दै त्यहाँ काम गर्ने कामदार तथा स्थायीहरुले बि’रोध गरेका थिए । उद्योगपति बिनोद चौधरिको लगानिमा बनिरहेको उक्त हाइड्रोपावरमा गंगाबहादुर काम गर्दथे । सुरुङ भित्र काम गर्ने उनी क’रेन्ट लागेर सुरुङ भित्रकै पानीमा ह’राएका थिए । करिब २४ घण्टा पछि उनको श’व गोताखोरको टिमले फे’ला पारेको थियो ।

बिगत दुई वर्ष देखि उनी उक्त स्थानमा काम गर्दै आएका थिए गंगाबहादुर । सुरुङ भित्र पनिको ओभर फ्लो भए पछि त्यसलाई घटाउनका लागि मोटर चलाउन गएका उनी अचानक सुरुङ भित्र नै ह’राएका थिए । निकै ढि’लो गरि उनको खोजी कार्य भएको थियो । २४ घण्टा पछि उनको श”व स’शस्त्र प्र’हरिको गोताखोरको टोलिले बाहिर निकालेको थियो । उनको शव बाहिर निकालेता पनि उनका आफन्तहरुले उचित क्षतिपूर्तिको ग्यारेन्टी नभए सम्म कुनै पनि प्रक्रिया अगाडि नबढ्ने भन्दै बि”रोध गरेका थिए ।

बि’रोध पछि हाइड्रोपावर कम्पनी, प्रशासन र उनका आफन्त तथा कामदारहरुबिच छलफल भएको थियो । निकै लामो समय चलेको उनिहरुको छलफल पछि अहिले भने सहमती भएको छ । परिवारले २ करोड क्षतिपूर्ति माग गरेता पनि अन्त्यमा १५ लाखमा सहमती भएको छ । उक्त १५ लाखको अलवा ५ लाख बिमा कम्पनीले दिने सहमती भएको छ । साथै गंगाबहादुरकी सुत्केरी रहेकी श्रीमतिलाई सोहि दिनबाट लागू हुने गरि हाइड्रोपावर कम्पनीले कामको ग्यारेन्टी दिएको छ ।

गंगाबहादुरका अहिले दुई संतान छन । ती दुई संतानहरु लाई पनि हाइड्रोपावर कम्पनिले उच्च माध्यमिक तह सम्मको शिक्षाका लागि सहयोग गर्ने त अहिले गंगा बहादुरको काजकिरिया गर्नका लागि जिल्ला प्रशासनले उचित रकम प्रदान गर्ने सहमती बनेको छ । छलफल पछि उक्त सहमति भए पछि अहिले गंगाबहादुरको श’वको कानुनि प्रक्रिया पूरा गरि श’व उनको परिवारले बुझ्ने भएको छ । साथै अब हाइड्रोपावरमा काम गर्ने अन्य कामदारलाई पनि सुरक्षाका साधन उपलब्ध हुने भएको बुझिएको छ ।

यस अघि दिनहु त्यसरी सुरुङ भित्र काम गर्ने त्यहाका कामदारहरुलाई कुनै सुरक्षाको साधन नदिइएको त्यहा काम गर्ने अन्य कामदारहरु बताएका थिए । सुरक्षाको कुनै साधन नभए पछि आफुहरु जोखिम मोलेरै भए पनि काम गर्नु पर्ने बाध्यता रहेको उनिहरुको भनाई थियो । उक्त घटना भए लगत्तै जानकारी पाएका त्यहाका म्यानेजर करिब ७/८ घण्टा पछि जिल्ला प्रमुख अधिकारीसगँ घटनास्थल आएको भन्दै स्थानियले बि’रोध गरेका थिए । बिहान ९ बजे नै घ’टनाको जानकारी पाएर तत्काल उद्दारका लागि सम्बन्धित निकायमा खबर गरि उद्दार गर्नुको सट्टा हाइड्रोपावरका हाकिमहरु फोन नउठाई बसेको र अगिले दलबल सहित आएर कामदार तथा स्थानियलाई तर्साउन खोजेको उनिहरुको भनाई थियो ।

भिडियो हेर्नुस :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!