नौबहिनी गाउँपालिका ८, लुप्लुङमा एक जना युवकको मृ,त अवस्थामा सब फेला परेको छ । लुप्लुङ देखि तल धुवाखर्क नजिकै खोलामा प्यूठान नगरपालिका ८, निवासी ३२ वर्षका मोहन महतरा आइतवार बिहान मृ,त अवस्थामा भेटिएका हुन् ।

मृतक महतरा शुक्रवार राती लुप्लुङको दिवाली र्हेनका लागि गएका थिए । मेलामा करिब राती २ बजेतिर प्यूठान नगरपालिका ८ कै दुई समुह बिच झडप भएको बताइएको छ । मृ,त भेटिएका युवक झडप भएदेखि करिब ४ बजेपछि सम्पर्क बिहिन रहेको उनका आफन्तले बताएका छन् ।

शनिवार दिनभर खोजतलास गर्दा पनि नभेटिएका महतरा आइतवार मृ,त अवस्थामा फेला परेका हुन् । घ,टना स्थलमा आज दिउसो इलाका प्रहरी कार्यालय लुङबाट प्रहरी पुगेर मुचुल्का उठाउने कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृ,त भेटिएका युवकको शरीरमा चो,टप,टक लागेको छ ।

युवकको शरीरभरी चोटपटक लागेकाले हत्या गरेर कसैले फालेको हुनसक्ने मृ,तकका आफन्तले बताएका छन् । घ,टनाको बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!