चितवनको भरतपुरमा शुक्रबार दिउँसो भएको सवारी दु’र्घटनामा दुई वर्षीया बालिकाको ज्या’न गएको छ। जिल्ला प्र’हरी कार्यालयका चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार शुक्रबार दिउँसो १२ बजेतिर बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई भरतपुरबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १३०६ नम्बरको ट्रकले ठ’क्कर दिएको हो। ठक्करबाट बालिकाको मृ’त्यु भएपछि स्थानीयले ट्रक जलाइदिएका छन्।

उनीहरूले पूर्व-पश्चिम राजमार्ग पनि अव’रूद्ध गरेका थिए। प्र’हरीले दर्जन राउन्ड अश्रु’ग्यास हा’नेर डेढ घन्टापछि बाटो खोलेको छ। ट्रकको ठ’क्करबाट दुई वर्षीया दीपिका जोशीको घ’टनास्थलमै मृ’त्यु भएको छ। उनकी आमा २४ वर्षीया सम्झना जोशी बे’होस भएकी छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको डिएसपी अधिकारीले जानकारी दिए। बालिकाको घ’टनास्थलमै मृ’त्यु भएको र बालिकासँगै रहेकी आमा बेहोस रहेकी स्थानीयले बताएका छन्।

चालकले ट्रक ब्याक गरेर बालिकालाई मा’रेको भन्दै स्थानीयले ट्रकमा आ’गजनी गरेका छन्। आ’क्रोशित स्थानीयले ढुंगा मुढा गरेपछि प्र’हरीले अ’श्रुग्यास प्र’हार गरेको छ। नारायणघाटबाट पूर्वतिर जाँदै गरेको सो ट्रकले शुक्रबार करिब पौने १२ बजे सडक पार गर्न लागेकी अन्दाजी साढे दुई वर्षीया दीपिका जोशीलाई ठ’क्कर दिएको प्र’हरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
3
+1
2
+1
4
+1
9
+1
3

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!