September 28, 2022

सामाजिक संजालमा मृ’त आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइरल बनेको छ । जसले आम मानिसलाई भावुक बनाएको छ । उक्त तस्वीर हो, रुकुमपश्चिम आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराकाे । उहाँ रुकुम पश्चिम आठबिसकोट नगरपालिका-९, घर भै उपचारको क्रममा नेपालगन्ज आउने क्रममा बाटोमै घ’टेको घ’टना रहेछ! आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन!

श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन, निको नहुदा आफू यतै छु। काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले! गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन। अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्या’पेर एक्लै नाइट बस चड्छिन उनी!

बिच बाटामा उनिलाइ उ’ल्टि हुन्छ! वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन! उनी आत्तिन्छिन र काखको बच्चालाई ओ’ल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन! उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा.. ?? फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्या’प्दै जान्छ।

हेर्दा उनको नि;धन भएको पाइएपछि अन्य यात्रुहरु अ’त्तालिएका थिए । बच्चा रो’इकराइ गरेपछि फकाउनका लागि मृत आमाकै काखमा राखिएको थियो । उक्त भावुक तस्बीर अहिले सामाजिक संजालमा भाइरल बनेको हाे । बस नेपालगञ्ज पुर्याइएपछि श्रीमान दलबहादुरले जिवित हुने आशामा विभन्न अस्पताल पुर्याएका थिए । तर चि’कित्सकहरुले धर्माकुमारीलाई मृ’त घोषणा गरेका थिए । दलबहादुरले पहिलाको श्रीमतीले छोडेपछि धर्माकुमारीलाई दोस्रो बिहे गरेर ल्याएका थिए।

अम्तिम ता’गतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन! बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन। जिन्दगी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!