यिनै हुन सन्जु भाईको भिडियो पछाडीबाट खिचेर भाइरल बनाई दिने व्यक्ति , भन्छन बच्चा बोकी नाच्दै थिए मैले भिडियो बनाइदिए (भिडियो सहित)

गुल्मी जिल्ला को मुसिकोट नगरपालिका वडा नं ८ का सन्जु परिवार अहिले सामाजिक संजाल टिकटक मा भाइरल भएका छन्।घरको आर्थिक अवस्था नाजुक भएको कारण ४ कक्षा मा पढ्दै गर्दा पढाई लाई निरन्तर दिन नसकेपनि उनि बेला बेला स्कुल जाने गर्दथे। एकदिन स्कुल को कार्यक्रम मा पुगेका संजु आफ्नै ताल मा नाच्न थाले। अगाडी स्टेज मा गएर नाच्दा पैसा लाग्ने भएको हुनाले उनि पछाडी नै नाचे। आफु संग प्रतिभा भएपनि पैसा नभएको कारण पछाडी नाच्न बाध्य भएका सन्जु रातारात भाइरल भएका छन।

जे काम गर्दा पनि पैसाको आबश्यक पर्ने भएको कारण ले पनि सन्जु को प्रतिभा आगाडी बढ्न सकेको छैन। सन्जु रातारात भाइरल भएको कारण उनि अहिले मिडिया मा आएका छन्।
उनले मिडिया मा भनेका छन कि मेरो प्रतिभा लाई धेरै नै मन पराईदिनु भएको मा धेरै धेरै धन्यबाद।सन्जु भन्छन , मलाई भाइरल भनेको के हो थाहा नै थिएन , त्यो त दर्शक हरुले धेरै नै माया र साथ् भन्ने रहेछ। मलाई मेरा साथि हरुले त भाइरल भयछस भन्दा धेरै नै खुसि भए। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेपछि खोलानालासहित हिमताल जम्न थालेका छन् ।मनाङका खोलासहित गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको मनाङ ङिस्याङ गाउँपालिका ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए । उनका अनुसार ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका ताल पनि यतिबेला जमेका छन् ।

मनाङमा मंसिर–पुसदेखि फागुनसम्म हिमताल प्राय: जमिरहेका हुन्छन् । अत्यधिक चिसोले बगिरहेका खोलाहरू जम्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । चिसो बढेसँगै धारामा पानीसमेत जम्न थालेको छ । जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए । उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।

चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषताका छन् । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनूभव लिने गरेका छन् । मनाङका ताल हेर्न पर्यटक आउँछन् ।हिमताल भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!