काठमाडौं – मौसममा आएको परिवर्तनसँगै केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ ।

चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्‍याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् ।
न्यानो कपडाको प्रयोग गरेपनि आसपासको वातावरण चिसो हुने भएका कारण हिटर बाल्ने गरिन्छ । जाडो मौसममा चिसोबाट बच्न हिटरको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ ।

नत्र यसले ज्यान नै लिन सक्छ । जाडो महिना लागे संगै विधुतीय हिटरको प्रयोग हवात्तै बढेको छ । घरमा बिहान बेलुकी होस या अफिस भित्र, विधुतीय हिटरले कोठा र शरीरलाई न्यानो बनाउन मद्दत पुर्याउछ ।
तर विधुतीय हिटरको प्रयोग भने जोखिमपूर्ण पनि छ त्यसैले यसको प्रयोग गर्दा विशेष ध्यान भने दिनुपर्ने हुन्छ । चिकित्सकहरुका अनुसार झ्याल(ढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक हो ।

त्यसैले हिटर बाल्दा निम्न सावधानी अपनाउनु आवश्यक छ ।

– हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुहोस् । हावा पास नहुने बन्द कोठामा हिटर प्रयोग गर्नुहुँदैन् ।

– मुटु तथा श्वास प्रश्वासका रोगीका लागि हिटर प्रयोग हानीकारक मानिन्छ ।

– लामो समय सम्म हिटर प्रयोग गर्दा छालामा समस्या आउने देखिन्छ । त्यसैले लामो समय सम्म हिटर नजिक नबस्नुहोला ।

– सुत्ने बेलामा हिटर बालेर नसुत्नुहोस्, साथै आफु केहि काम गर्दै गर्दा हिटर कोठामा खुल्लै छाडेर बाहिर ननिस्किनुहोस् ।

– आगोबाट जल्ने कुराहरु र केटाकेटीहरुबाट हिटरलाई टाढै राख्नुहोस् ।
हिटरको प्रयोग गर्दा

– ग्यासबाट चल्ने हिटरको नजिक छिटो जल्ने खालका कुनै पनि सामाग्री राख्नुहुँदैन । जहिले पनि कागज, ब्लाइंकेट, कपडा, दाउरालगायतका सामाग्री हिटरभन्दा टाढा राख्नुपर्छ ।

– ग्यासबाट चल्ने हिटरलाई त्यस्तो ठाउँमा पनि राख्नुहुँदैन । जुन बाटोबाट बढी ओहोर दोहोर गरिरहनुपर्छ । अझ ध्यान पुर्‍याउनुपर्ने विषय के हो भने हिटरलाई बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ । यसलाई कडा सतहको किनारमा राख्नुपर्छ ।

– समय( समयमा चलिरहेको हिटरलाई बन्द गरिरहनुपर्छ । र, हिटर बलेको बेला ढोका र झ्याललाई पनि खुला राख्नुपर्छ । हिटर नजिक बस्नुभएको छैन भने बन्द गर्दा बेस हुन्छ ।

जाडो छल्नका लागि अपनाइने यस्ता उपायले धेरैको ज्यान गएको चिकित्सकहरु बताउँछन् । त्यसैले चिसोमा विद्युतीय हिटरको साटो अन्य कुनै प्राकृतिक विकल्प नै प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!