नेपालमा धेरै बाल प्रतिभाहरु छन्, जस्ले सुमधुर स्वरले गीत गाउन सक्छन् । धेरै प्रतिभाहरु अझै लुकेर बसेका छन्, जस्ले अझैपनि आफु भित्रको प्रतिभा लुकाउनु परेको छ।
उचित स्थान र प्लाटफर्म नपाउँदा त्यस्ता प्रतिभाहरु भित्रभित्रै गुम्सेर बस्नु परेको छ । नानी बाबुहरुको गायन प्रतिभालाई अगाडि ल्याउन द भ्वई किड्स सबै माँझ आयो ।

हाल यो शोले निकै लोकप्रियता कमाइृरहेको छ । शो मा आएका भाइृ बहिनहिरुको प्रतिभा सुनेर धेरैले भ्वाईस किड्स टिमलाई मुरी मुरी धन्यवाद पनि दिईरहेका छन् ।
यसैबिच व्लाईन्ड अडिशनमा निकै राम्रो प्रस्तुति दिएर सबै कोचहरुलाई फर्काएकी ८ बर्षकी मयुर बस्नेत व्याटलबाट बाहिरिएपछि मिडियामा आएकी छिन् ।

काठमाडौंकी मयुरले नेपाली पहिरन अझै बुढी आमाको पहिरनमा भ्वाईसको स्टेजमा सधै सधै बोलको गीत गाईरहँदा सबै दँग परे । कोचहरु उनको प्रतिभा देखेर चकित परे ।
पहिले नै बुढी आमा बनेर टिकटकमा भाईरल भैसकेकी मयुरले कन्फिडेन्सका साथ गाएको गीत टिकटकमै पनि भाईरल बन्यो । तर त्यसपछिको एपिसोड व्याटलबाट भने मयुर बाहिरिईन् ।

कोच प्रमोदले अर्कै प्रतिस्पर्धीलाई अगाडि लैजादा मयुरको सपना टुट्यो । भ्वाईसबाट बाहिरिएपछि १० दिनसम्म मयुर घरमा रोईन् । भ्वाईसको स्टेजमा फेरी लैदिन आफ्नो अभिभावकहरुलाई आग्रह गरिरहिन् ।
मयुरले शिशिर भण्डारीसँगको कुराकानीमा बाहिरिएपछिको सबै कुरा सुनाईन् भिडियो हेर्नुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!