नौ महिनाको यति सानो छोरी जस्ले आमानै चिन्दैन त्यहि छोरिलाई छोडेर आमा घरबाट भागिन् ।प्रेम बिवाह गरेको जोडि दुई बर्षमै अन्ततः छुट्टिन पुग्यो।
राम्रोसन बोलिपनि नफुटेकि यी नानिले आमा शब्दसम्म उच्चाहरण गर्न नपाउदै आमाको अनुहार नै चिन्न नपाउदै हिडिदिनुले शो परिवारलाई हदसम्मको पीडा दिएको छ ।

आमाको काखमा रमाउने आमाकै काखमा निदाउने यी नौ महिने छोरिको के नै गल्ति थियो होला र ? श्रिमान (दिपेन्द्र बलामि) बताउछन् कि लाउन खानको कमि त थिएन
तर त्योभन्दा बढि चै थिएन पनि मैले दिन पनि सकिन ,जहाँ गएकि छौ तिमी खुसि हुनु भन्छन् श्रिमान् ,बिचरा ।

घर- झगडा सबैकोमा अवश्य हुन्छ ,त्यो पनि भएको हो या हैन हामी त जान्दैनौ मनमुटाव कमि कमजोरी दुबैबाट भएको होला तर त्यस्को सजाय यति सानि फुल जस्ति छोरिलाई किन दिन्छौ ,बिन्ति छ
फर्कि आउ बहिनी ।गइसकेपछि अझ भनौ अन्यत्र बिवाह गर्न लागेकि भन्ने खबर सुनेपछि अझ फर्कि पनि कसरी भन्ने तर तिमिलाई आमा पाप हैन यी छोरिको श्राप लाग्नेछ ।

थप हेर्नुस् भिडियो सामाग्री

काठमाडौँ, पुस ७ – काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकल सहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ।

सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३-०२-०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को पारस तामाङ र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका–१ घर भई लामबगर बस्दै आएको वर्ष २२ को बुद्धि बहादुर तामाङ रहेका महाशाखाले जनाएको छ।

उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यही मंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका-८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए।

मोटरसाइकल सहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!