September 28, 2022

बर्दियाको बारबर्दिया वडा नम्बर–८ औरीकी एक बालिका मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ती बालिका बारबर्दिया नगरपालिका वडा नम्बर–९ स्थित बबई सिँचाइ आयोजनाको नहरभित्र मृत अवस्थामा फेला परेकी हुन् ।

बर्दियाका प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले नहरको अन्डरग्राउण्डभित्र बालिका मृत फेला परेको जानकारी दिए । उनका अनुसार मृत फेला पर्नेमा औरीकी ६ वर्षीय देवीका खनाल रहेकी छिन् ।

बालिका पुस ३ गते घरबाटै हराएकी थिइन् । छोरी हराएको भोलिपल्ट बालिकाका बुवा बिष्णु खनालले प्रहरीचौकी कर्तनियामा खोजतलासका लागि जानकारी गराएका थिए ।

बालिकाको खोजतलासका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले बुधबार मृत अवस्थामा फेला पारेका हुन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बुटवल : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमा शुक्रबार झु ‘ण्डि’एको अवस्थामा फेला परेका छन् । अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झु ‘ण्डि’एको अवस्थामा फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

संघीय प्रंहरी इकाई कार्यालय भैरहवामा कार्यरत यादवलाई केही दिनअघि मात्रै कारवाही गरेको बताइएको छ । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रजिअ रिजालले बताए ।एसएसपी सुशीलकुमार यादव नवलपरासीका स्थायी बासिन्दा हुन् । सानैदेखि शारीरिक व्यायाममा ध्यान दिने उनी मामा ध्रुवबहादुर प्रधानको प्रेरणाले प्रहरीमा भर्ती भएका थिए ।

यादवकी आमा पूर्वआइजीपी ध्रुवबहादुर प्रधानकी दिदि हुन् । बाबुआमाको अन्तरजाति विवाह भएको थियो । नवलपरासी रामग्रामका यादवले प्रहरीमा रहँदा पृथक पहिचान बनाएका थिए । उनी आफू मातहतका प्रहरीलाई व्यायाममा ध्यान दिन भन्थे । आफू पनि नियमित व्यायाम गर्थे ।

जहाँ खटिएर गयो त्यहाँ जिमको सामान साथमा लान्थे । कतिपय ठाउँमा जिमशाला पनि बनाउँथे ।यादव हसिला थिए । हाँस्नुपर्ने र हसाउनुपर्ने उनको स्वभाव थियो । हाँसीमज्जा गरिरहनुपर्ने यादव झु ‘ण्डि’एको अवस्थामा फेला पर्दा नजिकबाट चिन्नेहरु पत्याउन सकिरहेका छैनन् ।

‘अरुलाई खुशी बनाउन हाँसीठट्टा गरिरहने उहाँ पी’डा थेग्नै नसक्ने खालको हुनुहुन्थ्यो ,’ एक उच्च प्रहरी अधिकृतले भने ।आफ्नो ब्याचीका अधिकृतहरु एआइजी र डिआइजी भइसक्दा आफू भने एसएसपीमै सेवानिवृत्त हुनुपर्ने अवस्था बन्दा भने यादव चिन्तित हुनेगरेको निकट स्रोतले भन्यो ।

उनको मृत्यु पछि एउटा अर्को खबर पनि बाहिरिएको छ । श्रोतका अनुसार एसएसपी सुशीलकुमार यादवलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरेको थियो।अ ‘पह’र’ण तथा श’री’र ब’न्ध’क घटनामा सं’लग्न अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा यादवसहितका प्रहरी अधिकारीलाई कारबाही प्रक्रिया सुरु भइसकेको थियो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार छानविन समितिले यादवसहित बहालवाला १५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो। एसएसपी भीम ढकाल संयोजकत्वमा बनेको छानविन समितिले अ’प’ह’र’णका’रीलाई उन्मुक्ति दिने प्रक्रियामा प्रहरीको सं’ल’ग्नता देखिएको निष्कर्ष निकाल्दै विभागीय कारबाही सिफारिस गरेको थियो।

२०६४ माघ २९ गते टण्डनको स’मू’हले बुटवलका ६२ वर्षीय टीकाराम अर्याललाई अ’प’ह’र’ण गरेको थियो। तर उक्त घटनामा प्रहरीले टण्डनमाथि अनुसन्धान नै नगरी म्याद गुजारेको खुलेपछि लिखित स्पष्टिकरण मागिएको प्रधान कार्यलय स्रोतले जानकारी दिएको छ।

स्पष्टीकरणपछि विभागीय कारबाहीबारे निर्णय गर्ने तयारी थियो। छानबिन समितिले टण्डनलाई उन्मुक्ति दिन २० प्रहरीको सं’ल’ग्नता देखाएको थियो। तीमध्ये ५ जनाले अवकाश पाइसकेका छन्। छानबिन समितिले टन्डनलाई उन्मुक्ति दिनमा पूर्व आईजीपी ठाकुर ज्ञवालीको समेत सं’लग्न’ता देखाएको छ।

तत्कालीन प्रहरी नायव उपरीक्षक जगतमान श्रेष्ठ, प्रहरी निरीक्षक नवीन क्षेत्री, तत्कालीन डीएसपी (पूर्व आईजीपी) ठाकुरप्रसाद ज्ञवाली, तत्कालीन प्रहरी निरीक्षक सोमबहादुर थापा र डीएसपी राजकुमार बैदरवारले अवकाश पाइसकेका छन्। तर बाँकी १५ जनालाई विभागीय कारबाही गर्न समितिको सिफारिस छ। समितिले तत्कालीन डीएसपी सुशीलकुमार यादव (हाल एसएसपी) लाई पनि विभागीय कारबाही सिफारिस गरेको थियो।

यस्तै एसपी दानबहादुर कार्की, एसएसपी कृष्णकुमार महत, एसएसपी दीपक थापा, एसपी दिनेशकुमार आचार्य, एसपी दिलिप घिमिरे, एसपी महेन्द्र खड्का, एसपी मुकुन्द मरासिनीलाई कारबाही गर्न सिफारिस गरेको थियो।

यस्तै डीएसपी पवनकुमार भट्टराई, डीएसपी केशव भट्टराई, डीएसपी डिलबहादुर मल्ल, डीएसपी भीमलाल भट्टराई, डीएसपी प्रतीत सिंह राठौर लगायतसँग स्पष्टीकरण मागिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!