वैदेशिक रोजगारीका लागि कुबेत पुगेकी सीता भुसाल नाम गरेकी एक महिला आफुलाई कुबेतमा आफ्नै दिदिको छोराले बेचेको र आफुले कमाएको पैसा पनि सबै खाइदिएर मार्ने धम्की दिने गरेको भन्दै मिडियामा आएकी छिन ।
आफू नेपालबाट कुबेत एउटा कम्पनिमा काम गर्न गएको उनले बताईन । तर त्यहा तलव कम भएको भनी आफ्नै दिदिको छोराले एउटा घरमा काम भएको र त्यहा तलब पनि राम्रो हुने भन्दै लिएर गएको सिताले बताईन ।
दिदिको छोरा पहिले देखि नै कुबेत बस्दै आएको उनले बताईन ।

आफुलाइक दिदिको छोराले कम्पनी छोडेर आफू बस्ने ठाँउ बोलाएको सीता बताउँछिन । आफू बसेको ठाउँमा एउटा घरमा काम गर्ने आवश्यकता भएकोले त्यहा आफुलाई काम लगाइदिने भन्दै बोलाएको उनले बताईन ।
तलब पनि राम्रो दिने भन्दै आफुलाई त्यहा काम गर्ने पठाएको सीता बताउँछिन । तर आफू त्यहा गएर ३ महिनासम्म काम गर्दा पनि आफुलाई तलब नदिएको सीताले बताएकी छिन ।
उक्त घरमा आफुलाई दिन दिनै यातना दिने गरेको पनि सीता बताउँछिन ।

आफुलाई एउटा बन्दा कोठा भित्र राखि यातना दिने गरेको उनको भनाई छ । आफुले त्यहा काम गर्दिन भन्दा तँलाई ९ सय दिनारमा आफुहरुले किनेको भन्दै काम लगाउने गरेको उनी बताउँछिन ।
सिताले छोरालाई फोन गर्छु भन्दा साउले मोबाइल नै फुटाईदिएको सीता बताउछिन् । बेल्टले कुटपिट गरि मानसिक यातना समेत दिएको उनक भनाई छ ।
आफू बेचिएको थाहा भएपछि २ तला माथिबाट हाम्फालेर भागेर राजदुतावास गएको सीता बताउँछिन ।

त्यहाबाट आफू ट्याक्सीमा नेपालि राजदुतावास पुगेको उनको भनाई छ । आफुले राजदुतावासमा पहिले नै सम्पर्क गर्दा बेचिएको भन्ने थाहा पाएको उनले बताईन ।
त्यस पछि आफू भागेको उनको भनाई छ । राजदुतावास पुगेर आफु क्वारेन्टाइनमा बसे पछि नेपाली राजदुतावासले नै प्रक्रिया मिलाएर आफुलाई नेपाल पठाएको सिताको भनाई छ ।
आफुसगँ अहिले पनि आफ्नो पासपोर्ट नभएको उनले बताईन । आफू बेचिएकै घरमा पासपोर्ट रहेको उनले बताईन ।

आफुले पासपोर्ट माग्दा ९ सय तिरेर लैजा भनेको उनले बताईन । त्यो कुबेतिले आफुलाई ९ सयमा किनेको बताएको उनको भनाई छ । आफुले विदेश बसि कमाएको पैसा आमाको खातामा पठाएको सीता बताउँछिन ।
तर आमालाई फकाएर उक्त पैसा पनि दिदि भिनाजुले सबै पैसा खाएको सीताले बताईन । कुबेतमा छोराले आफुलाई बेचेको र आफुले कमाएको पैसा यता आमाबाबुले खाइदिएको उनको भनाई छ ।
अहिले भने दिदिको छोराले आफुलाई मार्छु भनी धम्कि दिने गरेकोले आफू मिडिया सामु आएको बताएकी छिन ।(भिडियो हेर्न)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!