बागलुङ जिल्ला निसुक्ला गाउँपालिका वडा नं ६ को सुविधा भन्ने ठाउँमा अहिलेसम्म मोटर पोगेको छैन ।एकदमै विकट लाग्ने यस गाउँमा एकजना बुढी आमा दुईजना नाति पालेर बसिरहेकी छिन् ।घरमा एक्लै र आफ्नो दुवै खुट्टा भाचिएकी यी आमाले आफ्ना साना नातिको हेरचाह गरिरहनु परेको छ ।

आफू आराम गरेर छोरा बुहारीले बनाएर खुवाउनु पर्ने बेलामा उनी लौरोको सहारामा आफै संघर्ष गरिरहन परेको छ ।अम्बिरा नाम गरेकी आमा उमेरले ६० वर्ष पुगिन् ।उनकी बुहारीले छोरालाई छोडेर हिडेपछी अहिले नातिहरुको बि जोग भएको उनी बताउछिन् ।

वैशाख महिनामा हराएकी बुहारीलाई नातिहरुले अहिले बिर्सदै आएको उनी बताउछिन् । नानीहरुका हजुरबुबा र बुबाले केही जोहो गरेर खान ल्याउने र त्यहीबाट आफुलाई खान पुर्याउनु परेको छ ।नातिहरुको यस्तो बि जोग भएपछि आफुलाई निकै पिर परेको उनी बताउछिन् ।

भिडियो हेर्नुस् :-

काठमाडौं : नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् ।

जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सता यता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो ।

स्वास्थ्यमा सुधार आए पनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको ख्याल गर्न र आराम गर्न सुझाव दिएका छन् । उनले महाधिवेशन पूर्णरूपमा सफल हुने जनाऊदै पुनलाई स्वास्थ्यलाभ गर्न आग्रह गरेका हुन् । पुनसँगै उनकी धर्मपत्नी ओनसरी घर्तीमगर पनि महाधिवेशनमा अनुपस्थित रहने छन् । वर्षमानलाई महासचिवको दावेदारको रुपमा हेरिएको छ ।

यस्तै माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौँमा सुरु हुँदैछ । प्रज्ञा भवनमा पुस ११ देखी १५ सम्म चल्ने सम्मेलनको सुरक्षाका लागी महानगरीय प्रहरी परिसर काठमाडौँले एसपी दिनेशराज मैनालीलाई सम्मेलन स्थलमा खटाउने भएको छ । मैनाली बाहेक सम्मेलन स्थलमा ३ जना डिएसपी खटिन्छन् । सम्मेलन सुरक्षाको रिजर्भ टिममा थप ३ जना डिएसपी सहितको फौज स्ट्याडबाई राखिएको छ ।

प्रहरी परिसर काठमाडौँले सम्मेलन स्थलमा ३५० भन्दा बढी प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको छ । सम्मेलन स्थलको सुरक्षा व्यवस्थाको निगरानीका लागी महानगरीय प्रहरी कार्यालयमा कमाण्ड पोष्ट बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!