पोखरा-पोखराको गण्डकी अस्पतालको हाताभित्र एक बेबारिसे बच्चा फेला परेको छ । अस्पतालको हाताभित्र रहेको एक पुरानो गाडी भित्र सालनाल सहितको छोरा फेला परेपछि उक्त बच्चाको आहिले पश्चिमाञ्चल क्षेत्री अस्पतालमा उपचार भइरहेको छ ।

अहिले उक्त बच्चा उद्दार गर्दैगर्दाको भिडियो टिकटकमा पनि भाइरल भएको छ । यसको बीषयमा हामीले एक रिपोर्ट तयार पारेका छौँ । हेर्नुहोस यो भिडियो ।

काठमाडाैं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएकाे हाे ।

दिउँसो पनि माैसम प्रतिकूल हुने आँकलन गरिएकाे छ । बिहानै वर्षा र हिमपात भएपछि चिसाे झनै बढेकाे छ । दिउँसाे धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातकाे आँकलन गरिएकाे छ ।

बिहीबार भने माैसममा केही सुधार आउने अपेक्षा गरिएकाे छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाकाे आँकलन गरिएकाे छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!