Thursday, December 1
Shadow

लालबन्दीमा राति सुतिरहेको अवस्थामा दुई युवकमाथि खुकुरी प्रहार

सर्लाही : जिल्लाको लालबन्दी नगरपालिकामा गएराति सुतिरहेको अवस्थामा दुई युवकमाथि खुकुरी प्रहार भएको छ।

नगरपालिका-८ स्थित जानकीनगरका किरण बम्जन र संजय मगरमाथि खुकुरी प्रहार भएको हो। राति साढे १२ बजे सुतिरहेको अवस्थामा उनीहरूमाथि एक्कासि खुकुरी प्रहार भएको स्थानीयले जनाएका छन्।
स्थानीयका अनुसार उनीहरूले घरको ढोका भने लगाएका थिएनन्।

दुवैको टाउकोमा गम्भीर चोट लागेको छ। बम्जनको हातको नसा काटिएको छ भने मगरको दुवै हात काटिएको अवस्था छ। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पुरानो दुश्मनीका कारण उनीहरूमाथि आक्रमण भएको हो। खुकुरी प्रहारमा संलग्न कोको थिए र कसले गर्‍यो भन्ने खुल्न नसके पनि घाइतेका आफन्त र स्थानीयको शंकाका
आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।

भक्तपुर- भक्तपुरबाट तीव्र गतिमा काठमाडौँतर्फ जादै गरेको कार दुर्घटना हुँदा भएको भएको छ भने दुई जना घाइते भएका छन् ।मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा जनकपुर उपमहानगरपालिका–१५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

दुर्घटना भएलगत्तै घाइते भएका तीनै जानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा शाहको गए राति मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् । घाइते घिसिङको मध्यपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । डिभाइडरमा ठोक्किएर पुनः ट्याक्सीसँग ठोक्किएपछि घाइते भएका ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर बस्ने ३२ वर्षीय भीमसेन खत्री भने राति उपचारपछि घर फर्किएको उहाँले जानकारी दिनुभयो । डिभाइडरमा ठोक्किएको कार पूर्णरुपमा क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!