September 28, 2022

केही समय अघि सुनसरी जिल्लाको इटहरीकि एक बिबाहित महिला जेठाजु नाता पर्नेसगँ फरार भएकी थिइन् । उनका श्रीमान भने वैदेशिक रोजगारीको क्रममा बिदेशमै रहेका थिए । श्रीमान बिदेशमै रहेको बेला मन्जु राई नाम गरेकी ती महिला आफ्नी एक सानी छोरी छोडेर जेठाजु नाता पर्नेसगँ फरार भएको स्थानियहरुले मिडियालाई बताएका थिए । बेलबारी जान्छु भनी उनी हिडेको स्थानियको भनाई थियो । मन्जु नजिकै गृलमा काम गर्ने एक अजयसगँ गएको भन्ने खुल्न आएको मन्जुका जेठाजुले बताएका थिए ।

मन्जु र अजय फरार भए पछि उनिहरुको खोजी भै रहेको थियो । खोजी हुँदै जादा उनिहरु सम्पर्कमा आए पछि इटहरी उपमहानगरपालिका ८ फुलबारिमा उनिहरुको सहमतिका लागि छलफल गर्ने भन्दै सन्देश चौधरिले दुबै पक्षलाई बोलाएका थिए । तर त्यहा भने दुबै पक्षको झगडा हुदाँ मिलाउन भनी दुबै पक्षलाई उपस्थित गराएका संदेश चौधरिले नै पिटाई खाएका छन । पछि प्रहरी पुगेपछी मन्जु र अजय भागेको बताइएको छ । अजयकि श्रीमती पनि त्यहा पुगे पछि उनिहरुको झगडा भएको संदेशले बताए ।

निकै संख्यामा प्रहरी पुगे पछि उनिहरु त्यहाँबाट भागेको बताइएको छ । तर अजयकी श्रीमती तथा अन्य स्थानियहरुले भने त्यहाबाट उनिहरुलाई संदेशले नै भगाएको आरोप लगाएका छन । उक्त स्थानमा झगडा हुदा संन्देशले पनि निकै कुटाई खाएका छन । मन्जु र अजयकी जेठी श्रीमती बिच झगडा भएको बुझिएको छ । त्यसै क्रममा अजय र मन्जु भागे पछि भने संन्देशले उनिहरुलाई भगाएको भन्दै स्थानिय महिला र अजयकी जेठी श्रीमतिले संदेशलाई कुटपिट गरेको बुझिएको छ ।

ती महिलाहरुले अजय र मन्जुसगँ संदेशको मात्र सम्पर्क हुनु र संदेशले बोलाउदा उनिहरु जहाँ पनि आउने भएकोले संदेशसग उनिहरु सम्पर्कमा नै रहेको र अहिले पनि उनिहरुलाई संदेशले नै भगाएको हुन सक्ने उनिहरुले आशंका गरेका छन । घटना प्रहरिसम्म यश अघि नै पुगिसकेकाले गर्दा संदेशले एक्लै दुबै पक्षलाई एउटा होटलमा बोलाउन सहमती गराउन खोजेकोमा स्थानियहरुले संदेश प्रती नै आशंका गरेका छन । दुई पक्षलाई पनि निकै पछि मात्र भेट गराएको उनिहरुले बताएका छ ।

यस अघि स्थानीयहरुले मन्जुसगँ उनका श्रीमानको पहिले देखि नै त्यति राम्रो सम्बन्ध नरहेको उनले बताएका थिए । पहिले देखि नै डिभोर्सको कुरा चलिरहे पनि डिभोर्स भने नभएको उनिहरुको भनाई थियो । एउटै घरमा बस्दै आएता पनि मन्जु आफुहररुसगँ राम्रोसगँ नबोल्ने गरेको मन्जुका जेठाजुको भनाई थियो । छोरिलाई पनि पिट्ने गरेको आफुले थाहा पाएको उनले बताएका थिए । अझ छोरिलाई तँ नभएको भए आफू पहिल्यै अर्कैसगँ हिडिसक्ने थिए भन्दै पिट्ने गरेको आफुले थाहा पाएको उनको भनाई थियो ।

भिडियो हेर्नुस :- https://youtu.be/mNVUQjUbyLU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!