इन्द्रेणी एक चर्चित कार्यक्रम हो , ईन्द्रेणिलाई मन नपराउने सायदै कमै होलान यसका सन्चालन कृष्ण कडेल हुन्, पछिल्लो समय हेर्ने हो भने युटुब बाट भाईरल भएका सबै इन्द्रेणी पुगेको देख्न सकिन्छ्, पछील्लो समय पनि धेरै जना गीत गाएर भाईल बनेका सबै इन्द्रेणिमा पुगेर गीत गाएको देख्न सक्छौ, तेस्तै गरेर अहिले पाल्पाकी माया दर्लान् पनि गीत गाउन इन्द्रेणी पुगेकी छिन्, कृश्ण कडेलले पनि उनिको राम्रो नै प्रसम्सा गरेको देख्न सकिन्छ

बिभिन्न नयाँ प्रतिभा लेराउने क्रममा पाल्पाको खानिगाउमा भेटिएकी माया दर्लान्, उनको आवाज सुन्ने हो भने च्र्चित कलाकारको भन्दा कम छैन्, धेरै मिडियामा उनको अन्तर्बार्ता सबैले मन पराएपछी उनि अहिले काठमान्डौ आएकी छिन , उनको इक्छा भने त्यो सपना पनि उस्को पुरा भएको छ

बिष्णु माझीको झल्को दिलाउने भनेर उप नाम पाएकी मायाले आफ्नो हरेक सपना पुरा भएकोमा खुशी भएकि छिन भनिन्छ नि सपना देख्नु पर्छ कर्म गर्दै गएपछी आफै पुरा हुन्छ तेस्तै भएको छ पाल्पाको माया दर्नालको जिबनमा उनले पहिलो पटक गीत रेक्डिङ गरेकी छिन्, उनको सपना पुरा हुँदा निकै खुशी भएको बताएकी छिन

तेस्तै एक भाईरल हुन सुजन बाबु गुरुङ उनि एक ड्राईभर पनि हुन उन्को ड्राईभर कला र उन्को दुख देख्दा उन्लाई मन पराउने सबै भाबुक भएका थिए यही क्रममा अहिले पाल्पाकी माया दर्नाल सुजनको भेट भएको छ अब आउनुस उहा सङ्ग गरिएको कुराकानी हेरौ –

दशरथचन्द राजमार्गअन्र्तगत बैतडीको देहिमाण्डौ क्षेत्रको सडकखण्डमा जमेको हिउँ सफा गर्दै हनुमानध्वज गुल्मको नेपाली सेनाको टोली । सेनाको टोलीले हिउँ सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको छ ।
कर्मचारी आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु-नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ ।

अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उहाँकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन् ।

खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । ती मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए । धनप्रसाद सहित उक्त निवासमा सात जना थिए ।
घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो । प्रजिअ खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिएपनि
विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!