जीवन संघर्षमय छ। संघर्षमय जीबनमा पनि कहिलेकाही त सोच्दै नसोचेको परिस्थितिसग जुध्नुपर्ने वा’ध्यता समेत आइपर्छ। यस्तै असहज एवं कठिन परिस्थिति आइलागेको छ,अर्घाखाँची जिल्लाको पाणिनि ३, फर्सवाटाकुरा निवासी नारायण गौतमको परिवारमा। पाणिनि ३ निवासी नारायण गौतमकी २८ वर्षीय श्रीमती विमला गौतम यतिखेर पाठेघरको क्यान्सर रोग लागेर मृ’त्युसग संघर्ष गरिरहनु भएको छ तर उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएको र बिहान बेलुकाको हातमुख जोर्न समेत समस्या भएका कारण उपचारमा कठिनाइ देखिएको छ।

उहाँको जीवनरक्षाका लागि परिवार एवं पाणिनि ३ को वार्ड कार्यालयले समेत सम्पुर्ण संघ सस्था लगायत मानवता’वादी जनहरुमा अनुरोध गरेको छ। तपाईं हाम्रो संयुक्त सत् प्रयासबाट मात्रै वहाँको जीवन रक्षा सम्भब हुने भएकोले आफुसक्दो सहयोग गरि मानवताको परिचय दिऔं । सहयोगी मनहरुका लागि- ग्लोबल आइ.एम.इ.बैंक खाता नम्बर M807010002147 नारायण गौतम (पोखराथोक ) शाखा

यस्तै,,फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँ’धीमा परी मृ’त्यु हुनेको संख्या १०८ पुगेको छ । आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु¥याउने प्रयासहरू बढ्दै गएको छ ।राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दाबढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल ख’टिएका छन् । राईले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्र,’हार गरेको थियो ।कोस्ट गार्ड र खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आ’पतकालीन सेवाहरूले चन्दाको लागि अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!