भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मको शिशुको जन्म भएको छ । यो बच्चा तीन हात, तीन खुट्टासहित जन्मिएको छ ।
यसबारे थाहा हुने बित्तिकै अस्पतालमा भीड उर्लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

मोहम्मद रहिम अलीकी ३० वर्षीया श्रीमती रबिना खातुनलाई सुत्केरी व्यथाले च्यापेपछि उनलाई सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो ।
यहाँ उनको नर्मल डेलिभरीका बेला एउटा अचम्मको बच्चाको जन्म भयो । यो बच्चाका तीन खुट्टा र हात छन् ।

सीएचसीमा ड्युटीमा तैनाथ चिकित्सक डाक्टर आफताब आलमले सिन्ड्रोमका कारण यस्तो असाधारण शिशुको जन्म भएको हो, यस्तो एक लाख केसमा देखापर्छ ।
डाक्टरका अनुसार परिवारका सदस्यले अल्ट्रासाउन्ड पनि गराएका थिए तर रिपोर्टमा चिकित्सकले पनि यो देख्न सकेनन् ।

जन्मेको दुई घण्टापछि पनि बच्चालाई दुध खुवाउन नसकिएपछि शिशुको स्वास्थ्य बिग्रन थाल्यो । उनलाई सदर अस्पतालस्थित एसएनसीयूमा रेफर गरियो ।
डाक्टर आफताबका अनुसार बच्चाको स्थिति नाजुक छ तर उनी खतराबाट बाहिर छन् ।

पेन्सनले नपुगेको रकममात्रै अन्य दाताहूसँग सहयोग लिन्छन् । वर्षमा एक लाख रुपैयाँ ठोरी गाउँपालिकाले दिने गरेको छ । आश्रमको खर्च नै मासिक खर्च ७० हजार छ ।
‘आश्रममा आश्रितको घाउ खटिरा आफैं धुन्छु । घर जीर्ण छ, बस्ने व्यवस्था राम्रो छैन ।’ उनले भने ‘खानेपानीको सुविधा राम्रो छैन, खाना बनाउने, स्याहार गर्ने मान्छे कोही छैन । दुईजना बाजेले आएर खाना बनाइदिन्छन् ।’

आफ्नै दुई कठ्ठा जमिनमा आश्रम सञ्चालन गर्दै आएका गुरुङ उमेर ढल्कदै जाँदा आश्रमलाई कसरी टिकाउने भन्ने चिन्तामा छन् । ‘जग्गा सरकारले नै लिए हुन्थ्यो भन्ने छ ।
सरकारले नै सञ्चालनको जिम्मा लिए हुन्थ्यो भन्ने छ ।’ उनले भने ‘उमेर ढल्कदै छ, कार्यकाल सकिदैछ, वेटिङ रुममा छु । जर्बजस्ती चलाउँछु भने पनि सक्दिन, कसैले जिम्मा लिए हुन्थ्यो भन्ने लाग्छ ।’

उनको चिन्ता र आवश्यकतालाई बुझेका स्थानीय युवाले वृद्धाआश्रमलाई टिकाउन ५ रुपैयाँ सहयोग अभियान सञ्चालनमा ल्याएका छन् । थोपा थोपा मिलेर सागर बन्छ भनेझै सानो सानो रकम जम्मा गर्ने लक्ष्य यसमा राखिएको छ ।
गरिब, असहाय÷अशक्तहरूको मानवीय सहयोगमा समर्पित आशबहादुर गुरुङद्वारा संचालित संस्थालाई अझ ब्यवस्थित र दिगो रुपमा सञ्चालन गराउन अभियान सञ्चालन गरिएको बताइएको छ ।

“सबैको सहभागितामा, सबैको सहयोगमा” भन्ने नाराका साथ मानवीय सहयोग अभियानमा मेरो दैनिक ५ रुपैयाँ अभियान सञ्चालन गरिएको छ । अभियानमा इच्छुक दातालाई दैनिक ५ रुपैयाँ सहयोग गर्न भनिएको छ ।
संकलति रकम अक्षय कोषमा जम्मा गरिनेछ ।दाताले चाहेमा एकमुष्ट अक्षषकोषमा दान दिन पनि सक्नेछन् ।

संकलित रकममध्येबाट प्रत्येक महिना १५ हजार वृद्धाआश्रम सञ्चालनका लागि दिने र बाँकी कोषमा जम्मा गर्ने उद्देश्य अभियानले लिएको छ ।
बचेको रकम र दाताले सिँधै अक्षय कोषमा जम्मा गरेर २५÷३० लाख पुर्‍याएपछि अभियानलाई स्थगित गर्ने सोच राखिएको अभियानका सदस्य एवं समाजसेवी सन्तोष श्रेष्ठ बताउँछन् ।

उठेको रकमलाई बैंकमा जम्मा गरेर ब्याजबाट संस्था निरन्तर सञ्चालन गर्ने सोचले अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!