‘राई इज किंग’ भनेर चिनिने चर्चित गायक राजेश राई स्टेजमै कुटिएका छन्।न्यूयोर्कमा आयोजित ‘न्यू ईयर ईभ २०२२’ को सांगितिक कार्यक्रममा उनी कुटिएका हुन्।
स्टेजमा गीत गाइरहेको बेला छेउतिरबाट विस्तारै आएका एक दर्शकले घाँटी समातेर उनीमाथि कुटपिट गरेका थिए।
स्रोतकाअनुसार गायक राईलाई स्टेजमा कुट्ने ती दर्शक रक्सीले मातिएर बेलाबेला हाे–हल्ला गरिरहेका थिए।
आयोजक समितिका सदस्यहरू उभिरहेको कुनाबाट स्टेजमा चढेर ती व्यक्तिले राईलाई पिटेको एक दर्शकले बताएका छन्।
त्यसपछि आयोजक र दर्शकले राईलाई स्टजमै पुगेर थप कुटिनबाट जोगाएका थिए।
‘अन्जानीमा भूल भयो कि’ गीत गाइरहेका बेला राईमाथि रक्सी पिएका एकदर्शकले स्टेजमा उक्लिएर हातपात गरेको आयोजक समितिका एक सदस्यले जनाएका छन्।
लगतै राईका सकर्थकहरूले ‘ओए… को–हो–यो मान्छे? त्यसलाई मार.. मार त्यसलाई मार’ भनेको भिडियोमा प्रष्टै सुनिन्छ।
त्यसपछि सांगितिक कार्यक्रम स्थगित गरिएको थियो। अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।