हेमराज भुजेल बेपत्ता ३ दिन घरै आएन , यस्तो बिजोक कसैको नहोस। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै,,जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक आइतबार ट्रकमा आ’गजनी गरेको छ । शान्तिपूर्ण आ’न्दोलनलाई अर्को पक्षसहित प्र’हरी प्रशासनले दमन गर्न खोजेपछि आ”क्रोशित भएर आगजनी गरेको आ’न्दोलन कर्मीले जनाएका छन् । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखी पूर्व-पश्चिम राजमार्ग अनि’श्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उ’लंघन गरेको भन्दै आ”क्रोशित जनमतका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना ६ ख ७६२९ ट्रकमा आ’गजनी गरेका हुन् ।

यस्तै,,इलाम र तेह्रथुममा यति बेला हिउँ खेल्न जाने पर्यटकको घु’इँचो लागेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो । वर्षापछि खुलेको मौसममा इलामको पाटेनागीमा यतिबेला बाक्लो हिउँ जम्मा भइसकेको छ । बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बने पनि पर्यटक भने हिउँसँग निकै रमाएका छन् । ३ हजार ५४ मिटर उचाइँमा रहेको पाटेनागी क्षेत्रबाट चाँदीझैं टल्किने हिमशृंखलासँगै सुर्योदय र सुर्यास्तको मज्जा लिन सकिन्छ ।

पाटेनागी मात्र नभएर पाँचथर र इलामको सिमामा पर्ने लोहाकिल डाँडा, सुकेपोखरी आसपासका घरका छाना, रुख–बिरुवा, भिरालो जमिन, खोंच, सडक सबै हिउँले सेताम्य बनेका छन् ।
यता हिउँले सेताम्यै बनेको तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल टिएमजे ९ तिनजुरे मिल्के जलजले० क्षेत्रमा पनि यतिबेला पर्यटकहरु हिउँमा रमाई रहेका छन् । मंगलबार र बुधबार पानीसँगै परेको बाक्लो हिउँमा स्थानीय तथा पुर्वी तराईका विभिन्न जिल्लाका पर्यटकको घुँइचो देखिएको छ । मंसिरको अन्तिर सातादेखि फागुनको पहिलो सातासम्म हिउँ पर्ने सिजन हो ।

खासगरी हिउँ पर्ने र गुराँस फुल्ने सिजनमा यो क्षेत्र पर्यटकको मुख्य रोजाइमा पर्दै आएको छ । इलाम र तेह्रथुमको बाक्लो हिउँमा कोही हिउँको डल्लोसित खेल्दै, कोही सेल्फी खिँच्दै त कोही टिकटक बनाउँदै गरेको दृश्यले वातावरण नै मनमोहक देखिन्छ । तिनजुरे पाँचपोखरी, मंगलवारे, चौकी गुफापोखरीमा बाक्लो हिउँ परेका कारण अझ केही दिनसम्म हिँउ रहने स्थानीय बताउँछन ।

पर्यटकहरुको आगमनसँगै यहाँको पर्यटन व्यावसायसमेत फस्टाएको छ । टिएमजे पर्यटकहरुको मुख्य रोजाईमा पर्दै आएको परिचित गन्तव्य हो । हिमपातपछिको चिसोले भने यस क्षेत्रका व्यवसायी तथा पशुपालक कृषक समस्यामा परेका छन् भने बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!