September 28, 2022

रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा एक महिलाको रहस्यमय मृ’त्यु भएको छ । शुक्रबार राति करिब १० बजे २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।

परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल)ले झु’ण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दीपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घट’नास्थलमै पुगेर घट’नाको अनु’सन्धान सुरु गरिएको छ ।आ’शंका गरिएका कमलाका श्रीमान् दीपक पनि प्रहरीकै नियन्त्रणमा रहेको र पोष्टमार्टम पछि मात्रै थप कुरा आउने प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

दाङ – दाङको देउखुरीमा गए राति सुतेको बेला निसास्सिएर एक जनाको ज्या’न गएको छ ।लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा बस्दै आएका करिब २९ वर्षीय कुसुम सुनारको निसास्सिएर गएराति ज्या’न गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

सुनार केही महिना यता अमिलियाको एक होटलमा खाना बनाउने काम गर्दै आएका थिए । दिनभरि होटलको काम सकेर साँझ श्रीमान श्रीमती सँगै सु’तेको र बिहान श्रीमती उठेर श्रीमानलाई बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

कोठा भित्र कोइला बालेर सुतेको कारण निसास्सिएर सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।श्रीमतीलाई अक्सिजनको मात्रा कमि भएको जस्तो देखिएकाले उपचारका लागि लमही पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!