September 28, 2022

काठमाडौ । शव लिएर रिडी जाँदै गरेको बस दुर्घटना भएको छ । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना भएको हो ।

लु२ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको छ।

८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। फाइल तस्बिर

यो पनि नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ ।

पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्नका लागि बैठक बसकेको हो ।

बन्दसत्र आज दिउँसो १ बजेसम्मका लागि स्थगित छ । बन्दसत्र सुरु हुनअघि स्थायी कमिटी बैठक बसेको हो ।

माओवादीको महाधिवेशन सुरु भएको ८ दिन भइसक्दा पनि नेतृत्व चयनमा सकस भएको छ ।

अध्यक्षबाहेक पदाधिकारी र केन्द्रीय कमिटी चयनमा समस्या देखिएको छ।

केन्द्रीय कमिटी र पदाधिकारी चयनका लागि प्रचण्डले आज पार्टी शीर्ष नेताहरूसँग छुट्टै छलफलसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!