ताप्लेजुङका सरोज लिम्बू निकै लामो समयदेखि पशु झै साङ्लोले बाधिएर आफ्नो जीवन बिताइरहेका छन् ।

कुनै समय गाउकै सर्वोत्कृष्ट फुटबल खेलाडि थिए सरोज ।उनको खेल को हरकाहि प्रशंसा हुन्थ्यो

र उनलाइ हेर्न भन्दै मान्छेहरुको समेत बाक्लै भेला हुन्थ्यो । उनको जिवनलाई हेर्दै गर्दा जो कोहिको पनि आखाबाट आँसु बग्छ नै ।

उनको जीवन काहानि एकदमै कहालिलाग्दो र दुखदायि छ ।

सरोज उमेरको हिसाबमा मात्रै २२ बर्षका भए र यस्तो रोगबाट ग्रसित उनी तीन बर्षदेखि छन् ।

पाचजनाको परिवार मध्य सरोज सबैभन्दा कान्छा छोरा हुन । टाउको दुख्ने रिगटा लाग्ने र आँखा दुख्ने सरोजका प्रारम्भिक लक्षणहरु थिए ।

उपचारका निमित्त स्वदेशका प्रतिष्ठित अस्पताल र भारतसम्म पनि लगियो तर काहीँ कतै पनि पार लागेन र लाखौ पैसा खर्च भयो ।

बिदेश जाने भन्दै उनी काठमाडौंसम्म गएका थिए । सायद खेलबाट जीवन नचल्ने उनले सानै र कलिलै उमेरमा बुझेका थिए ।

तर बिदेश पनि नभएपछि उनी घरै फर्किए ,घर फर्किएसगै उनिमा बिस्तारै रोगको असरहरु देखिन थाल्यो ।

उनिले बाटोमा हिड्ने र घरकै मान्छेलाई पनि कु ट्ने र बारम्बार खोला नालामा हाम्फाल्ने गरेसगै उनिलाई यसरी बाधेर राख्नुपर्ने बाध्यात्मक अवस्था आएको हो,उनिमा मानसिक बिमारि देखिदै गयो ।

आफ्नो सन्तान त्यो पनि जवान छोरोलाई बाधेर राख्न कस्लाई पो मन हुदोहोर तर कहिलेकाही बिबस्ताले साचै नै बाध्य बनाइ छाड्दो रहेछ ।

आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारले अझै पनि राम्रो अस्पताल र डाक्टरलाई देखाउन पाए छोरो सन्चो हुदोहोकि भन्ने आश गर्दछ ।

हेर्नुस् भिडियो सामाग्री https://youtu.be/2D6MigrF8e8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!