काठमाडौ । नेपालका चर्चित गायक राजेशपायल राईलाई हम ला गुर्ने व्यक्तिको पहिचान खुलेको छ । अघिल्लो दिन अंग्रेजी नयाँ वर्षको अवसरमा
आयोजित विशेष सांगीतिक कार्यक्रममा राईमाथि पछाडीबाट अंगाल्दै भुईमा लडाउन खोजेको भिडियो सार्वजनिक भएको थियो । उनी दावा शेर्पा रहेको रहस्य खुलेको हो ।

अमेरिका निवासी विजय चाम्लीङ नाम गरेका एक नेपालीले आफ्नो फेसबुकमार्फत फोटो सार्वजनिक गर्दै उनको पहिचान खुलाइदिएका हुन् ।
उनको पोस्टमा उल्लेख भए अनुसार राजेशपायललाई अंगाल्न स्टेजसम्म पुग्ने व्यक्ति शेर्पा हुन् । कलाकारप्रति मन पर्नु या नपर्नु बिचार आफ्नो

निजी अधिकार भएपनि त्यसरी अप्ठेरो नै पर्ने गरी हम ला गर्नु गलत भएको उनले पोस्टमा बताएका छन् । त्यस्तै घटना भइरहेको सम्बेदनशील
समय भिडियो मात्र बनाएर टुलुटुलु हेरेर मात्र बस्ने दर्शकहरुप्रति पनि उनले गुनासो पोखेका छन् ।

भएको के थियो ?
‘राई इज किङ’ लेखिएको ब्यानरअगाडि राजेशपायले सदाझैं बिन्दास मुद्रामा आफ्नो प्रस्तुति दिइरहेका थिए । ‘अञ्जानैमा भुल भयो कि‘’ गाउँदै
दर्शकको पंतिबाट एकजना युवा सरासर स्टेजमा उक्लिए । उनी यति सहज देखिएका थिए कि कसैले अनर्थ सोच्दै सोचेनन् ।

ती युवाले सुरूमा पछाडिबाट राजेशपायललाई बलपूर्वक अंकमाल गरे । गाउन अवरोध भएपछि राजेश सहज हुने कोशिस गरे ।
त्यसपछि ती युवकले थप उनलाई अ ठ्या उन खोजे । यो सबै दृष्य भिडियोमा देखिन्छ । दर्शक र आयोजक व्यक्तिहरू सुरूमा केहीबेर अल्मलिए ।

कुनै फ्यानले राजेशलाई ‘हग’ गर्न खोजेको सोचेर सबै भिडिओ खिच्नमै व्यस्त भए । तर, अति नै गरेपछि हलचल भयो । त्य
सपछिको दृष्य स्पष्टरूपमा भिडिओमा देखिदैन । सहभागीका अनुसार ती व्यक्तिले राजेशपायलमाथि हात पात गरेका भने होइनन् ।

धेरै माया देखाउदा यस्तो भएको हो । दर्शक र आयोजकका व्यक्तिले उनलाई छुटाएर बाहिर निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!